दाङका प्रहरी प्रमुख केसीको सरुवा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ असोज । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राम बहादुर केसीसहित ४१ जना एसपीहरुको एकैपटक सरुवा भएको छ । केसीको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा सरुवा भएको छ । अब दाङको प्रहरी प्रमुखको रुपमा अर्जुन प्रसाद तिमल्सिना आउदै हुनुहुन्छ । उहाँ यसअघि नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट दुईजना एसपीको सरुवा भएको छ ।

मानवस्रोत व्यवस्थापन महाशाखामा कार्यरत एसपी योगेन्द्र सिंह थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने आर्थीक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत एसपी विनोद घिमिरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीमा सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरुसहित ४१ जना एसपीहरुको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad