घाेराहीमा मौलिक झाँकी र जातीय खानाको प्रदर्शनी हुँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९ असोज । पर्यटन प्रवर्द्धनका लागि घोराहीमा असोज ११ गते लुम्बिनी प्रदेशका मौलिक झाँकी तथा जातीय खानाको प्रदर्शनी गरिने भएको छ । लुम्बिनी प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको आयोजनामा हुन लागेको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा घोराहीको जिसस स्थित शहीद मञ्चमा मौलिक कला, संस्कृति तथा जातीय खाना र कला प्रदर्शन गरिने भएको हो ।

पर्यटन दिवस स्थानीय आयोजक समितिले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर पञ्चेबाजा, चमारे बाजा, पञ्चकन्या, बटुक, कलश यात्रा, अवधी, नेवारी, कुसुण्डा, क्षेत्री, ब्राह्मण र मुस्लिम समाजको धार्मिक झाँकीहरू प्रस्तुत गर्ने, थारु, परिकार, मगर परिकार, नेवार परिकार, अवधि परिकार र मुस्लिम परिकार प्रदर्शनीमा राख्ने र खाने व्यवस्था समेत गरिने स्थानीय आयोजक समितिका उपसंयोजक तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी १० प्रकारका जातीय लोक नृत्य तथा संगीतहरु पनि प्रस्तुत गरिने भएको छ । गन्धर्व समुदायको सारङ्गी धुन, थारु जातीको बड्का नाच, जुवागाउँले सोरठी नाच, नेवार समुदायको लाखे नाच, अवधी समुदायको अवधी नाच, देउखुरी क्षेत्रको थारू जातिको कठघोरी नाच, थारुकै सख्या नाच, पाल्पाको कौरा नाच, मगरको भूम्या नाच र संरगे नाच प्रदर्शन गरिने उपसंयोजक डिसीले जानकारी दिनुभयो । उत्कृष्ट झाँकी र नृत्यहरुलाई पुरस्कृत समेत गरिने भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति हुने प्रचार प्रसार समितिका संयोजक दुर्गालाल केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad