ठेकेदारको लापरवाही, घोराहीमा तीन वर्षदेखि सडक अलपत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

लीलाधर वली

दाङ, ८ असोज । ठेकेदारको लापरवाहीका कारण घोराहीमा तीन वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । समयमा काम नगर्ने निर्माण व्यवसायीको प्रवृत्तिका कारण घोराहीको मुख्य बजारदेखि ग्रामीण क्षेत्रका विभिन्न सडक लामो समयदेखि निर्माण हुन नसक्दा अलपत्र परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाको कार्यालय गेट अगाडिको करिब १२ सय ४४ मिटर सडक तीन वर्षदेखि अलपत्र अवस्थामा छ । घोराही उपमहानगरपालिका–१५ अन्तर्गत नेपाल बंैकदेखि जिल्ला प्रशासन कार्यालयसम्मको करिब १२ सय ४४ मिटर सडक ६ महिनाभित्र विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ मा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७८ असार ३१ गतेसम्म सडक विस्तारसँगै कालोपत्रे गरिसक्नु पर्ने भए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । घोराही उपमहानगरपालिकाको गेटसँगै जिल्ला प्रशासन कार्यालय अगाडिकै सडक कालोपत्रे हुन नसक्दा सडक यातायात तथा पैदल यात्रुलाई आवागमनमा समस्या गर्ने गरेको छ ।

सडक निर्माणका लागि म्याद थपसँगै घोराही उपमहानगरपालिकाले २०८१ पुस मसान्तसम्मलाई काम गर्ने अन्तिम समय दिएको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरे बताए । उनका अनुसार निर्माण कम्पनीले नेपाल बंैकदेखि सहिद गेटसम्मको सडक कालोपत्रे गर्ने काम सके पनि सहिद गेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म कालोपत्रेको काम अलपत्रको अवस्थामा छ । सडक निर्माणका लागि म्याद थपसँगै ताकेता गर्नेदेखि समयमै काम नगरेकाले जरिवाना (एलडी) गरे पनि निर्माण कम्पनीले काम नगरेर बसेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाको गेट अगाडिकै सडक भएकाले काम गराउन निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको भन्दै इन्जिनियर घिमिरेले भने, ‘कार्यालय अगाडिकै सडक भएकाले चाँडै सक्नका लागि कार्यालयले पटक–पटक ताकेता गरेका छौँ तर निर्माण कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा ढिलाइ भएको छ ।’ सम्झौता रकम एक करोड १५ लाख ३४ हजार रुपैयाँमध्ये हालसम्म सडक निर्माणका लागि ५३ लाख ११ हजार चार सय रुपैयाँ भुक्तानी भएको छ । समयमा काम नगरेकाले उपमहानगरपालिकाले करिब ११ लाख रुपैयाँ जरिवाना गरेको छ । यसैगरी कनरिया–दलजितपुरलगायतका सडक निर्माणको काममा पनि ढिलाइ भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ७ कनरियादेखि वडा नं. ५ दलजितपुरसम्मको १३.५० मिटर सडक, घोराहीकै वडा नं. १८ को शङ्खेपिपलदेखि वडा कार्यालयसम्मको चार सय मिटर सडक र वडा नं. १७ को भैँसाही चोकदेखि गैरागाउँ जोड्ने नौ सय ५० मिटर सडक २०८० जेठ मसान्तभित्र कालोपत्रे गरिसक्ने गरी २०७९ वैशाख ६ मा आरडी हाम्रो जेभी सुर्खेतसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार बेस निर्माण गरे पनि कालोपत्रे भने गरेको छैन । सडक निर्माणका लागि २०८१ पुस मसान्तसम्म मौका दिएको र उक्त समयमा सडक निर्माणको काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको इन्जिनियर घिमिरे बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकमा पहिले ढिलाइ भए पनि यो वर्ष काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता गरेको भन्दै इन्जिनियर घिमिरेले भने, ‘निर्माण कम्पनीलाई काम गर्ने अन्तिम अवसर उपमहानगरपालिकाले दिएको छ, यो अवधिमा पनि काम भएन भने ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु हुन्छ ।’ भ्याट बाहेक पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको सडकको हालसम्म एक करोड २८ लाख भुक्तानी भएको छ । काममा ढिलाइ गरेकाले घोराही उपमहानगरपालिकाले निर्माण कम्पनीसँग ३४ लाख ३७ हजार रुपैयाँ जरिवाना (एलडी) गरेको छ ।

यसैगरी घोराही उपमहानगरपालिकाकै सौँरी थारूगाउँ सडक अन्तर्गत मानबहादुरको मिलदेखि शङ्कर गौतमको घरसम्मको करिब दुई सय ६४ मिटर सडक तीन वर्षदेखि अलपत्र परेको छ । २०८० जेठ २५ गतेसम्म सडक निर्माणसँगै कालोपत्रे गर्ने गरी २०७८ वैशाख ५ गते वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार करिब ७० देखि ७५ प्रतिशत काम गरेको निर्माण कम्पनीले बाँकी काम अलपत्र अवस्थामा छोडेको छ । अलपत्र पारेको काम सम्पन्न गर्न पमहानगरपालिकाले ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गर्दै आएको इन्जिनियर घिमिरेले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad