रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ गर्ने तयारीबाट सरकार तत्काललाई पछि हटेको छ । सहकारी प्रकरणमा संसदीय विशेष छानबिन समितिले गरेको सिफारिसको आधारमा रविलाई पक्राउ गर्ने तयारी गरेको प्रहरीले तत्काल उनलाई पक्राउ नगर्ने भएको उच्च स्रोतले जानकारी दियो ।

यसअघि आइतबार नै रविलाई पक्राउ गर्ने तयारी प्रहरीको थियो । उनलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा प्रहरी पुगेको थियो । तर, त्यहाँको भीड र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रविलाई पक्राउ गर्ने कार्य अहिलेलाई ‘होल्ड’ गर्न प्रहरीलाई राजनीतिक निर्देशन आएको उच्च स्रोतले बतायो। तर, रविमाथि निगरानी गर्न भने नछोड्न प्रहरीलाई निर्देशन छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad