ज्ञानमाला एकेडेमीमा ट्राफिक सचेतना

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा एकदिने ट्राफिक सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल जुनियर रेडक्रस सर्कल ज्ञानमालाका अध्यक्ष शिद्धान्त भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ट्राफिक नियम, संकेत, सडक सुरक्षा तथा सावधानी, दण्ड सजायलगायतका बिषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले ट्राफिक नियमको इमान्दारीतापुर्वक सबैले पालना गर्नसके सडक दुर्घटना न्युनिकरण हुने बताउनुभयो । हरेक नागरिक आ–आफ्नो स्थानबाट जिम्मेवार बन्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहनुभएका शाहीले आम जनताबाट प्रहरीलाई नैतिक सहयोग आवश्यक रहेको बताउनु भयो । जनताकै सुरक्षाका लागि सवारी चेकजाँच गर्नुपरेको प्रशिक्षक शाहीले उल्लेख गर्नुभयो । नियमविपरित सवारी चलाउँने चालकहरुलाई नियम बमोजिम नै दण्डजरिवाना गरिएको उल्लेख गर्दै शाहीले नियमपालना र सडक सुरक्षा अबलम्वनका लागि परामर्श दिने गरेको समेत बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रशिक्षणका क्रममा निरिक्षक शाहीले सडकमा यात्रा गर्दा होस् या सवारी साधन चढ्दा वा चलाउँदा सतर्कता अपनाउन आफ्ना अभिभावकहरुलाई समेत सचेत गराउँन विद्यार्थीहरुलाई आग्रह गराउनुभयो । सानो लापरबाहीले अकालमा ज्यान गुमाउनु पर्दा सन्तानमा विचल्ली, परिवार र आफन्तहरुमा समेत पिडा थपिने भएकाले सचेत रहन निरिक्षक शाहीले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

जुनियर रेडक्रस सर्कलकी उपाध्यक्ष बेबिका श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सिर्जनशील बाल क्लवकी अध्यक्ष स्मारिका चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० को सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सर्कलका सचिव प्रनित रिजालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad