बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । दाङको बंगलाचुलीमा पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । हेलेन केलर नेशन र आईडिइ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वेस संस्थाद्वारा सञ्चालित पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग छलफल सम्पन्न भएको हो ।\

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा छलफल सम्पन्न भएको हो । समुदायमा पोषण सुधार गर्ने उद्येश्यले बंगलाचुली गाउँपालिका सहित दाङका १० वटै पालिकामा पोषण मार्फत जिवन रुपान्तरण परियोजना लागु भइसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विशेष गरेर ६ महिना देखि ५९ महिना सम्मका बालबालिकामा देखिएका कुपोषण हटउने उद्येश्यसहित उक्त परियोजनाले काम गरिरहेको बताइएको छ । पालिका भित्रका स्वास्थ्यकर्मि र स्वंमसेविकालाई क्षमता अभिवृद्धि तालिम दिइ समुदाय स्तरमा कुपोषण पता लगाई बहिरङ्ग सेवा दिइने समेत बताइएको छ ।कृषि तथा खाद्य प्रणालीमा सुधारका लागी परियोजनाले पर्याप्त सुरक्षित र पौष्टिक खानाहरूमा भौतिक र आर्थिक पहुँच बढाउनका लागी विभिन्न कार्यक्रम संञ्चालन गर्ने समेत जनाएको छ । कार्यक्रममा हेलेन केलरका अनिल केसि र वेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले यो परियोजनाले बंगलाचुली गाउँपालिकामा मानविय विकासमा ठुलो भुमिका खेल्ने बताउनुभएको थियो । साथै उहाँले पालिकाभित्र कोहि पनि बालबालिका कुपोषित हुन नपर्ने बताउनुभएको थियो । गाउँपालिकाले भौतिक विकास सँगै मानविय विकासलाई पनि विशेष प्राथमिकतामा राखेको अध्यक्ष पुनले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छलफलमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, ८ वटै वडा का वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख लगायत गाउँपालिकाका कर्मचारीहरु र आइडिइ नेपालका सामुदायिक परिचालक संकर चौधरी र भिष्म चौधरी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसिले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad