घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । घोराही उपमहानगरपालिका १० मा स्व. सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगितामा घोराही १७ र हापुर युथ क्लब सेमीफाईनल प्रवेश गरेका छन् । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको आईतवार भएको खेलमा घोराही १७ ले राईजिङ स्टार क्लब हापुरलाई र हापुर युथ क्लबले लुम्बिनी फुटबल एकेडेमीलाईपराजित गर्दै बिजयी भएका हुन् ।

आईतवार भएको क्वाटरफाईनलको पहिलो खेलमा घोराहि १७ ले राइजिङ स्टार हापुर लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । जसमा घोराहि १७ का विक्रम बि.क, सागर पुन र केशमान घर्तिले एक÷एक गोल गरेका थिए । राईजिङ स्टारको तर्फबाट निशान घर्तिले दोस्रो हाफको अन्त्यमा सान्त्वना गोल गरेका थिए । खेलमा घोराही १७ का सागर पुन मगर म्यान अफ द म्याच भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दोस्रो खेलमा हापुर युबा क्लबले लुम्बिनि फुटबल एकेडेमि लाई ३–१ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । हापुर युथ क्लबका कैलास एरी, सञ्जु बस्नेत र मोहन बुढाले एक÷एक गोल गरेका थिए । लुम्बिनी फुटबल एकेडेमीका तर्फबाट रुपेन घर्तिले सान्त्वना गोल गरेका थिए । खेलमा हापुर युथ क्लबका किपर प्रतिक सुनार म्यान अफ द म्याच बनेका थिए ।

प्रतियोगिताको क्वाटरफाईनल अन्तरगत सोमवार दिउसो २ बजे मेगा स्पोर्ट क्लब घोराही र युनाईटेड लालमटियाबिच हुने छ भने दिउसो ४ बजे न्यू स्टार फुटबल एकेडेमी सोतो र न्यू स्टार फुटबल एकेडेमी कालो बिच हुनेछ ।प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका स्व.सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको प्रतियोगितामा संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad