खाद्य तुलसीपुरले आजदेखि सहुलियत पसल सञ्चालन गर्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय तुलसीपुरले आजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । यसवर्ष दशैँतिहारलाई लक्षित गर्दै दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा वितरण गरिने कार्यलय प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।

प्रमुख सुनारका अनुसार व्यापार कम्पनीले यसवर्ष सहुलियत मूल्यमा खाद्यान्न विक्रि गर्नका लागि स्टीम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल विक्रिको लागि अमुमति पाएको छ । सहुलियत मूल्यमा प्रतिकेजी ५ रुपैँया छुटमा चामल उपलब्ध गराइने प्रमुख सुनारले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत वर्षको तुलनामा यसवर्ष सहुलियत खाद्यान्न एक सय क्वीन्टलले वृद्धि भएको छ । गत वर्ष एकसय क्वीन्टल खाद्यान्न उपलब्ध गराइएकोमा यसवर्ष अधिक मागका कारण मात्रा बढेको सुनारको भनाइ छ । सहुलियत पसल असोज ६ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुनेछ । सरकारले चाडपर्वका समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन यसप्रकारका पसल सञ्चालन गर्ने गरेको छ ।

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष पनि दशैँतिहारका लागि खसीबोका खरिद गर्ने निणर्य गरेको छ । यद्यपि केन्द्रबाट कति खरिद गर्ने भन्ने बारेमा अझै परिपत्र प्राप्त नभएको सुनारले बताउनुभयो । गत वर्ष कम्पनीले ७ सय ५६ गोटा खसी खरिद गरेको थियो । यस वर्ष पनि किसानहरू खसीबोका विक्रिका लागि कार्यालयमा बुझ्न आइरहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad