दंगीशरण–३ को चखौरामा तरकारी संकलन केन्द्रको उद्घाटन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ असोज । दाङ्गको दंगीशरण गाउँपालिका वडा न. ३ का तरकारी खेती गर्ने किसानहरु तरकारीखेतीसङ्गै बजारीकरणमा समेत जुटेका छन् ।

शुक्रवार दंगीशरण चखौरा कृषि उपज संकलन केन्द्र ब्यबस्थापन समितीको आयोजना,युके।एडको आर्थिक सहयोग,प्रेक्टिकल एक्सन डिकोशको सहजीकरण तथा दंगीशरण गाउँपालिकाको समन्वयमा दंगीशरण चखौरा कृषि उपज संकलन केन्द्रको एक कार्यक्रमकाविच उद्घाटनका क्रममा किसानहरु बजारीकरणका लागि उत्साहित देखिएकाहुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तरकारी संकलनकेन्द्रको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका ३/६/५ र २ नम्बर वडामा तरकारीखेतीको राम्रो सम्भावना रहेकाले तरकारीखेतीबाट किसानहरुको जिबनस्तरमा सुधारल्याउन आफुहरु लागिपरेको बताए ।

तरकारीखेतीतर्फ किसानलाइ व्यावसायिक रुपमा जोड्दै आफुले उत्पादन गरेका बस्तुको उचित मुल्य र बजारीकरणका लागि तरकारी संकलनकेन्द्रको आवश्यकता रहेकोबताए । अव तरकारी संकलनकेन्द्रको उद्घाटनसङ्गै किसानहरु डोको र छिटुवामा बोकेर तुलसीपुर बजारसम्म लैजाने समस्याको अन्त्यहुने अध्यक्ष गिरीको अपेक्षा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्घाटन अवसरमा बोल्दै दंगीशरण ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बिचौलियाको अन्त्य र किसानले उत्पादन गरेको वस्तुभाउले उचित मुल्यपाउने बिस्वास ब्यक्तगरे ।

सोहि अवसरमा बोदै वडा नं. ७ का वडा अध्यक्ष रेशम वलिले समय र आर्थिक भारलाइ कमगर्दै किसानहरुले आफुहरुले उत्पादन गरेको तरकारीलाइ एकैठाउँमा संकलनगरी थोकरुपमा बिक्रि वितरण गर्न आग्रहगरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै स्मुन्नती परीयोजनाका म्यानेजर देबराज भट्टले परीयोजना संचालन गर्दैगर्दा वडा र गाउँपालिकाले पुर्णरुपमा सहयोग गरेको र परीयोजना संचालनमा सहज भएको उल्लेख गरे । म्यानेजर भट्टले भवन निर्माणमात्र ठुलो कुरानभइ त्यसको दिगोपना र निरन्तरता अपरीहार्य हुने उल्लेख गरे । समुन्नति परीयोजनाले परीयोजना संचालनपछि निम्न आयस्रोत भएका किसानको जिवनस्तरमा सहयोग गरेको बताउदै भट्टले स्थानीय सरकारले पनि यसको दिगोपनाका लागि सहयोग गरीदिन आग्रह गरे ।

आफुले उत्पादन गरेका वस्तुको उचित मुल्य पाउन र बिचौलियाको अन्त्य गर्न पनि आफुहरु थोक रुपमा तरकारी बिक्रि वितरणमा जुटेको दंगीशरण चखौरा कृषि उपज संकलन केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष रविन्द्र चौधरीले बताए ।प्रेक्टिकल एक्सन र डिकोसले त्यहाँका तरकारी उत्पादनगर्ने किसानहरुलाई आर्थिकरुपमा बलियो बनाउन र समयको बचतगरी अन्य काममा सहजहोस भन्ने उदेश्यका साथ तरकारी संकलन केन्द्रको निर्माण गरीदिएसङ्गै किसानहरु तरकारी उत्पादन र बजारीकरणमा हौसिएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युके.एडको आर्थिक सहयोग डिकोस र प्रेक्टिकल एक्सनको सहजीकरणमा वडा नं. ३ मा निर्माण सम्पन्न भएको तरकारी संकलन केन्द्रबाट १७९ घरधुरी प्रत्यक्ष लाभान्वित हुने परीयोजनाले अपेक्षा लिएको छ। परीयोजनाले एउटा तरकारी संकलनकेन्द्र,६० थान क्यारेट र एउटा डिजिटल काटा समेत प्रदान गरेकोछ ।

तरकारी संकलनकेन्द्रको कुल लागत ५ लाख ९८ हजार ३ सय बत्तीस रुपैयाँ २३ पैसामा निर्माण कार्य सम्पन्न भएको परीयोजनाले बताएको छ । प्रेक्टिकल एक्सन,र डिकोसबाट संचालित समुन्नति परीयोजना अन्तर्गत परीयोजनाले बिगत २ बर्षदेखि ५ वटा क्षेत्रमा कामगर्दै आएकोछ । जलवायु अनुकुलन पुनरुत्पादक कृषि बजारीकरण,उद्यमसिलता शुलभ बित्तमा पहुँच,लैङ्गिक शसक्तीकरण र कार्यवोज न्यूनीकरणमा रहेर काम गर्दै आएको छ । पाँच वटा क्षेत्रमध्य परीयोजनाले तरकारी तथा खाध्य उपज संकलनकेन्द्रको रुपमा दंगीशरणमा कामगर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तरकारी संकलनकेन्द्रको उद्घाटन कार्यक्रम चखौरा कृषि उपज संकलन केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष रबिन्द्र चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य धमकलि चौधरीको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो।

बजार ब्यबस्थापन समितीका उपाध्यक्ष टोपा वलिको स्वागत मन्तव्यबाट शुरुभएको तरकरारी संकलनकेन्द्रको उद्घाटन कार्यक्रमको सहजीकरण समृद्धसमाज सचिव बालकृष्ण खड्काले गरेकाथिए ।