राप्ती प्रादेशिक अस्पतालको सिटिस्क्यान मेसिन बिग्रिदा बिरामी निजिमा जान बाध्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ असोज । राप्ती प्रादेशिक अस्पतालको सिटिस्क्यान मेसिन बिग्रिदा नागरिकले सास्ती खेप्नुपरेको छ । अस्पतालका रेडियोलोजिस्ट विप्लव रेग्मीका अनुसार, दैनिक पाँचदेखि सात जनाले सेवा लिने गरेका थिए । तर अहिले मेसिन बिग्रदा बिरामीलाई बाहिर निजी सिटिस्क्यान सेन्टरमा पठाउनुपर्ने अवस्था छ ।

रेग्मीले धेरै बिरामीहरूले मेसिन कहिले मर्मत हुन्छ भनेर सोधिरहेका बताउनुभयो । तर अहिलेसम्म कुनै टुंगो लागेको छैन् । २०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले अस्पताललाई सिटिस्क्यान मेसिन उपलब्ध गराएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेसिन बिग्रिएको चार महिनासम्म पनि मर्मत हुन नसक्दा बिरामीले महंगो शुल्कमा निजी क्लिनिक जानुपर्ने बाध्यता छ । अस्पतालका जिन्सी शाखा प्रमुख रेश्मी अधिकारीका अनुसार मेसिनको मर्मतमा झण्डै एक करोड लागत लाग्ने भएकोले अस्पतालले मर्मत गर्न सकेको छैन् ।

अधिकारीले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग पटक-पटक सहयोग मागे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । अस्पतालले सिटिस्क्यान सेवा न्यूनतम तीन हजार पाँच सयदेखि अधिकतम छ हजारसम्ममा उपलब्ध गराउँदै आएको थियो । तर अहिले बिरामीहरूले निजी क्लिनिकमा चारदेखि आठ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले यो पुरानो मोडलको मेसिन भएको र मर्मत गर्न करिब डेढ करोड लाग्ने बताउँदै नयाँ प्रविधियुक्त मेसिनको आवश्यकता रहेको तर हालका लागि पुरानो मेसिन मर्मत गर्न मन्त्रालयलाई अनुरोध गरेको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad