वैदेशिक रोजगारको नाममा दाङमा करोडौं ठगी : म्यानपावर व्यवसायी फरार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ असोज । दाङमा वैदेशिक रोजगारको नाममा युवाहरु ठगिएका छन् । घोराही उपमहानगरपालिका-१५, तुलसीपुरचोकमा रहेको दियालो कन्सल्टेन्सीका संचालक शम्शेर सिंह, उनका सहयोगी कृष्ण पुन र पिताम्बर यादवले करिब एक करोड रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएपछि युवाहरुको बिचल्ली भएको हो ।

पीडितहरूले पत्रकार सम्मेलन गरी क्रोसिया पठाउने भन्दै १ लाखदेखि १० लाख रुपैयाँसम्म असुलेको र ठगी गरेको आरोप लगाएका छन् । पीडित धनबहादुर विकले १० लाख ५० हजार रुपैयाँ तिरेर पनि विदेश जान नसकेको बताउनुभयो । उहाँजस्तै अन्य पीडितहरू पनि यस्तै समस्यामा परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पिडितहरूले वैदेशिक रोजगार विभागमा ठगीविरुद्ध मुद्दा दर्ता गरेका छन् । म्यानपावर व्यवसायीहरूले कार्यालय समेत बन्द गरेर फरार रहेको उनीहरुको भनाई छ । पिडितले उनीहरूलाई पक्राउ गरी न्याय दिलाउन माग गरेका छन् ।

२२ जना भन्दा बढी व्यक्तिहरूबाट एक लाखदेखि १० लाख रुपैयाँसम्म असुली गरी तीनजना म्यानपावर व्यवसायीहरू सम्पर्कविहीन भएको पीडित देवीकला महराले बताउनुभयो । उहाँले पनि आफ्नो छोरालाई विदेश पठाउनका लागि एक लाख रुपैयाँ दिएको र अहिले न त पैसा फिर्ता भएको न त व्यक्तिहरू सम्पर्कमा रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad