गुरुकुलमा नमुना संसदको अभ्यास

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ असोज । संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवसर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ ।

नमुना संसदमा जसरी संघिय संसद भवनमा बैठक बस्छ त्यसै गरी प्रदर्शन गरीएको हो । झट्ट हेर्दा साच्चिकै संसदनै चलेको जस्तो अनुभव गर्न सकिन्थ्यो । नमुना संसदमा देशको तेस्रो ठुलो दल नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढल्छ । सो लगत्तै दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपि ओलीको सरकार बन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसको केहि समयपछि वली सरकारपनि ढल्छ त्यसपछि नँया सरकार प्रमुखको रुमपा डा सन्दुक रुइत नेपालको प्रधानमन्त्रि नियुक्त हुन्छन । उनि आफु प्रधानमन्त्रिमा नियुक्त भएपछि संविधान संसोधन गरेर नेपालको प्रधानमन्त्रि प्रतक्ष्य निर्वाचन प्रणालिबाट निर्वाचित हुने ब्यबस्था गर्छन र निर्वाचन सम्पन्न गराउछन । प्रतक्ष्य निर्वाचन प्रणालिबाट देशमा स्वतन्त्र युवा बालेन शाह प्रधानमन्त्रि बन्छन र देशलाई विकसित मुलुक जस्तै बनाउन निकै मेहनत गर्छन । त्यसपछि २०८१ सालमा निर्वाचित बालेन शाहले १९ बर्ष पछि २१०० सालमा देशको कायाप्लट भएको नमुना सार्वजनिक गरीएको थियो ।

गुरुकुलका विद्यार्थिहरुले देखाएका जुन दृष्य थियो त्यसै गरी देशमा लागुभएमा देशले पक्कै पनि गति लिने उपस्थिक दर्शकहरुले बताएका थिय ।गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकासका प्रमुख देवमनि चौधरीले विद्यार्थिहरुले देखाएको नमुना संसदबाट बास्तबिक संसदको अनुभव गर्न सकिने बताउनुभएको थियो साथै उँहाले गुरुकुल एकेडमीले यो अवशर जुराइदिएकोमा धन्यबाद समेत प्रकट गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै नागरीक समाज दाङका संयोजक निम बहादुर थापाले संसदको शिक्षा पुस्तकमा मात्र सिमित नभई ब्यबहारीक अभ्यासबाट विद्यार्थिले धेरै कुरा सिक्न पाउने बताउनुभयो । कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा कृष्णराज डिसिले शुभकामा मन्तब्य राख्नुभएको थियो । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक बिबेक देबकोटाले गर्नुभएको थियो ।

नमुना संसद कार्यक्रमको निर्देशकमा विद्यालयका आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो भने प्राबिधिकमा इसिए संयोजक विशालमान श्रेष्ठ रहनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad