एमाले घोराही नगरको अध्यक्षमा आठ जनाको चर्चा

Blog Post Ad Blog Post Ad Blog Post Ad

हेमराज अधिकारी

दाङ, २ असोज । नेकपा एमाले घोराही नगर कमिटिको अधिवेशन यहि असोज ५ गते घोराहीमा हुदै छ । जिल्लाको सदरमुकाममा रहेको उपमहानगरको अध्यक्षको लागि नेताहरुको दौडधुप सुरु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगर अध्यक्षको लागि अहिलेसम्म ८ जनाले दाबी गर्दै आएका छन् । घोराही नगर कमिटिका उपाध्यक्ष तारा पुरी, सचिव इन्द्र बुढाथोकी, जिल्ला सचिवालय सदस्य केशब आचार्य, घोराही नगर कमिटिका पूर्व सचिव केशव गिरी, जिल्ला सदस्य इश्वर बुढा मगर, घोराही ७ का वडा अध्यक्ष अशोक कुमार चौधरी, व्यवसायी रामप्रसाद पोख्रेल र बालाराम पौडेलले नगर अध्यक्षको लागि दाबी गरिरहेकाछन् ।

नगर अध्यक्षको लागि धेरै जना आकांक्षी भएपछि जिल्ला तहका नेताहरु मिलाउनको लागि छलफल चलाइरहेको एमाले घोराही नगर कमिटिका पूर्व सचिव केशब गिरीले बताए । यदपी जिल्ला तहका नेताहरुले आफु निकट नेतालाई नगर अध्यक्ष बनाउनको लागि केन्द्रीय राजधानीमा समेत पुगेको स्रोतले बतायो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्रोतका अनुसार तारा पुरी, इन्द्र बुढाथोकी, केशब आचार्य, रामप्रसाद पोख्रेल र अशोक कुमार चौधरी मध्ये एक जनालाई नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको बताइएको छ । पुरी, वुढाथोकी र पोख्र्रेल जिल्ला अध्यक्ष निकट नेताको रुपमा चिनिन्छन्, भने आचार्य र चौधरी पार्टी जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी निकट मानिन्छन् ।

पार्टी उपाध्यक्ष मनोहर वुढाथोकीलाई उनि निकट थारु नेताहरुले अशोक चौधरीलाई अध्यक्ष बनाउनको लागि दबाब दिइरहेको एमालेका एक नेताले बताए । तर, मनोहर निकट नेताहरुले अशोकलाई नेतृत्वमा स्विकार गर्न नसकिने बताउदै आएकाछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता एक तहका नेताले अहिलेको उपाध्यक्ष तारा पुरीलाई नै नगर अध्यक्षमा सर्वसम्मत बनाउनु पर्ने बताउदै आएकाछन् । महिला पनि त्यसैमा सवैलाई मिलाएर लग्नसक्ने क्षमता, दक्षता भएकोले पुरीलाई नै अध्यक्ष बनाउनुपर्ने दबाब दिदै आएकाछन् ।

यस्तै बर्तमान सचिव इन्द्र बुढाथोकीलाई पनि अध्यक्ष बनाउनुपर्ने एक पक्षका नेताहरुले दबाब दिदै आएकाछन् । उनि पनि पार्टीले अगाडि सारे आफु नेतृत्व लिन तयार रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad