दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, २ असोज । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीका अनुसार घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad