दंगीशरणको झोलुङ्गे पुल पुग्न आधा बबई तर्नुपर्ने बाध्यता

Blog Post Ad Blog Post Ad Blog Post Ad

चेतन वली

दाङ, १ असोज । पश्चिम दाङको दंगीशरणमा रहेको चिसापानी झोलुंगे पुल पार गर्न मुस्किल हुने गरेको छ । दंगीशरण गाउँपालिकाको वडा नम्बर ६ र १ लाई जोड्ने बबई नदिको चिसापानी गौसला झोलुंगे पुल तर्न मुस्किल हुने गरेको स्थानिय कमानसिङ खत्रीले जानकारी दिनुभयो । अन्य समयमा खासै अप्ठेरो नभएपनि बर्खायाममा पुल भए–नभएको एउटै हुने गरेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

’सो स्थानमा पहिले पुल नहुदा वडा नम्बर ६, ७ र १ का स्थानियलाई आवतजावतमा धेरै सास्ती हुने गरेको थियो । उहाँले भन्नुभयो’,– अहिले पुल बनिसकेपछी बबई नदि वारपार गर्न त सहज भएको छ । तर, पुलको लम्बाई छोटो हुदा ठुलो बबई आयो भने पुलसम्म पुग्न सकिदैन । अन्य समयमा त जसोतसो नदिबाटै भएपनि तरेर जान सकिन्छ । बबईमा बहाफ बढेको समयमा भने समस्या हुनेभयो । पुल निर्माण भएपछी बर्खाको समयमा पनि वारपार गर्न सहज हुने भयो भने उहाँका स्थानियहरु खुसी भएका थियौं । तर, भने जस्तो पुल बन्न सकेन, यसले गर्दा बर्खामा नदि तर्न पहिलेकै जस्तो दुख भोग्नु परिरहेको छ ।’ पुलको लम्बाई भन्दा बबई ठुलो आउने भएकाले पुलसम्म पुग्नका लागी आधा बबई तर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । हुनुपर्ने जस्तो पुल नहुदा दुख थपिएको भन्दै यो पुलको लम्बाई थप गरिदिएमा धेरै सहज हुने स्थानियको भनाई छ ।

यता दंगीशरण–६ का वडाअध्यक्ष रोशनजंग शाहले पुलको लम्बाई छोटो हुदा समस्या भएको कुरा साचो रहेको बताउनुभएको छ । बबई ठुलो आएको बेला चिसापानी गौसलाको पुलसम्म पुग्नका लागी बबईको आधा भाग तर्नुपर्ने बाध्यता रहेको भन्दै यो समस्या समाधानको लागी पहल भइरहेको बताउनुभयो । पुलको एक स्टेप थप गर्नका लागी आफुले सम्बन्धित निकायसँग माग गरिरहेको उहाँले बताउनुभयो । सम्भतः छिटै पुलको उत्तर तिरको एउटा भाग थप हुने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad