घोराहीमा बाल क्लवहरुले संयुक्त रुपमा बाल दिवस मनाए

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवस शनिवार दाङसहित देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईको हो ।

सोही क्रममा घोराहीमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालयको सभाहलमा बाल क्लवहरुले संयुक्त रुपमा कार्यक्रम गरेर दिवस मनाएका छन् । सर्वाेदय बाल क्लव, घोराही १६ मा रहेको ज्ञान माला एकेडेमीमा गठन गरिएको श्रृजनशिल बाल क्लव, घोराही बाल क्लव र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा आज ६० औँ राष्ट्रिय बाल दिवस मनाएको हो । बाल क्लव तथा घोराही १६ मा रहेको ज्ञान माला एकेडेमीका विद्यार्थिहरुको सहभागितामा बजार परिक्रमा गर्दै सर्वाेदय पुस्तकालयको सभा हलमा पुगेर कार्यक्रम गरिएको थियो । यो कार्यक्रम उनिहरुले आफ्नै खर्चमा गरेको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्वोदय बाल क्लवका अध्यक्षता लक्ष्मी श्रेष्ठको अध्यक्षता तथा सर्वाेदय पुस्तकालय तथा वाचनायका कार्यबाहक अध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । घोराही बाल क्लवका अध्यक्ष मेधावी बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ३० जना बालबालिकाको चित्र प्रर्दशन, १२ जनाको कविता, १६ जनाको नृत्य र १० जना बालबालिकाले गित प्रस्तुत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी साहयक उपरिक्षक सारदा उप्रेदीको नेतृत्वमा पुगेको टोलीले बालबालिकाहरु सामाजिक सञ्जालको जालो बाट कसरी बच्ने र यसको सही प्रयोगका बारेमा प्रशिण दिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, बाल साहित्य समाज लुम्बिनी प्रदेश संयोजक सुर्य विसी, पुस्तकालयका कोषाध्यक्ष निमान्द आचार्यलगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण श्रृजनशिल बाल क्लवका अदिति केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad