महाआरतीमा २१ लाख बढि दान तथा सहयोग संकलन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदाै । दाङको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा गत साउन महिनाभर सञ्चालन भएको श्रृङ्गारिक महायत तथा महाआरतीमा २१ लाख बढि दान तथा सहयोग संकलन भएको छ ।

धारपानी मन्दिरको प्रचार प्रसार,पर्यटन प्रवर्द्धन तथा धार्मिक जागरणका लागि आयोजित महायज्ञ तथा महाआरतिमा २१ लाख ९ हजार ९ सय ५६ संकलन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जस मध्य १७लाख ६३ हजार ४ सय ५० खर्च भएको छ । भने ३ लाख ४६ हजार ५ सय ६ रूपैया बचत भएको पाणडवेश्वर महादेव मन्दिर धारपानी व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा भएको खर्च सार्वजिनक कार्यक्रममा सवै भन्दा बढि रसिदबाट १० लाख २० हजार ७ सय ५७ संकलन भएको जानकारी दिईएको थियो ॥

Blog Post Ad Blog Post Ad Blog Post Ad