युवालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम दिँदै घोराही उपमहानगरपालिका

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाण्डव शर्मा
दाङ, २७ भदौ । युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गर्न थालिएको छ । दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) मार्फत स्थानीय सरकारहरूले विभिन्न सीपमूलक तालिम दिन थालेका छन् । नेपालभरका ३३ ओटा स्थानीय सरकारहरूले इन्स्योर कार्यक्रममार्फत सीपमूलक तालिम प्रदान गरिरहेका छन् । लुम्बिनी प्रदेशमा ११ ओटा स्थानीय सरकारहरूले सो तालिम प्रदान गरिरहेका छन् । दाङमा १० ओटामध्ये घोराही उपमहानगरपालिका छनोट भएको छ ।

हालसम्म तीन ओटा तालिम प्रदान गरेर सीप परीक्षण सम्पन्न भइसकेको उपमहानगरपालिका नगर शिक्षाका इन्स्याेर परियाेजनाका फाेकलपर्सन मोति न्यौपानेले जानकारी दिनुभयो । अहिले दुई ओटा तालिम सञ्चालन भइरहेका छन् । हलुका वाहन टेक्निसियन मेकानिक पद्मोदय स्कुलले, माध्यमिक विद्यालय रझेनाले प्लम्बर, वाल विकास विद्यालयले बिल्डिङ इलेक्ट्रिसियन तालिम सञ्चालन गरिसकेका छन् । वडा नं १४ ले कुक र कम्प्युटर हार्डवेयर तथा नेटवर्कको तालिम प्रदान गरिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस वर्षका लागि व्यवसायिक कुक र व्यवसायिक टेलिकम टेक्निसियन तालिम छनोट भएको उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विषय छनोट भइसकेकाले केही समयभित्र तालिम गर्ने संस्था छनोट गरिनेछ । ‘हामीले बजारको आवश्यकता र युवाहरूको रुचिअनुसार तालिम प्रदान गरिरहेका छौँ,’ पाण्डेले भन्नुभयो, ‘सीपयुक्त जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ, यसले युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्नेछ ।’ आगामी दिनमा युवाहरूको चाहना र आवश्यकताको आधारमा थप सीपमूलक तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

व्यवसायिक टेलिकम टेक्निसियनको तालिम लिनका लागि एसईई उत्तीर्ण भएको हुनुपर्नेछ भने व्यवसायिक कुक तालिमका लागि कक्षा ८ उत्तीर्ण भएको हुनुपर्नेछ । संस्था छनोट भएर तालिम सञ्चालन हुन अझै तीन महिना समय लाग्ने उपमहानगरपालिका स्रोतले जनाएको छ ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले युवाहरूको विदेश पलायन रोक्नका लागि स्वदेशमै स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुहुन्छ । युवाहरूलाई देशमै केही गर्न सकिन्छ भन्ने भावनाको विकास गर्न जरुरी भएको उहाँले बताउनुभयो । ‘हामीले युवाहरूलाई सीपमूलक तालिम दिन सकेको खण्डमा उनीहरूले स्वरोजगार काम गर्न सक्छन्,’ चौधरीले भन्नुभयो, ‘हाम्रा युवाहरूले रोजगारी पाएका छैनन्, तर केही प्राविधिक काम गर्नुपर्ने अवस्थामा छिमेकी मुलुक भारतबाट युवाहरू आउनुपर्ने बाध्यता रहेको छ ।’ यी समस्या समाधानका लागि कुक, टेलिकम इलेक्ट्रिसियनजस्ता तालिमहरू सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कक्षा ९ र १० का विद्यार्थीलाई बृत्ति मार्गदर्शन

घोराही उपमहानगरपालिकाले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बृत्ति मार्गदर्शन कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने ती विद्यार्थीहरूको रुचिको आधारमा प्रोजेक्ट तयार गर्न सहजीकरण गरिनेछ । विद्यार्थीहरूको रुचिको आधारमा उनीहरूले अब गर्नुपर्ने काम, उपलब्धि हासिल गर्ने तरिका, सामूहिक कार्य गर्ने शैली लगायतका विषयमा सहजीकरण गरिनेछ । यसबाट एसईई दिइसकेका विद्यार्थीहरूलाई आगामी दिनमा आफ्नो भविष्यको मार्ग अगाडि बढाउन सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad