कांग्रेस दाङद्वारा बीपी बाचनालय सञ्चालन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदौ । नेपाली कांग्रेस दाङले बिपी बाचनालय सञ्चालनमा ल्याएको छ । राजनीतिसँगै नेता तथा कार्यकर्ताहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–१५ स्थीत पार्टी कार्यालयको भवनमा बाचनालय सञ्चालनमा ल्याएको हो ।

नेपाली कांग्रेस दाङ बिपी बाचनालय सञ्चालक समितिका संयोजक भोला अधिकारीको अध्यक्षतामा बुधवार भएको कार्यक्रमा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बाचनालयको उद्घाटन गर्दै नेता तथा कार्यकर्ताहरुमा राजनीतिसँगै पठन सस्कृतिसँगै ज्ञानको विकासमा बाचनालयले सहयोग गर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फुर्सदको समयमा बिपी कोइरालाको जीवनीसँगै पार्टीका अन्य नेताहरुको बिचार पढ्न आग्रह गर्दै जिल्ला सभापति डाँगीले अध्ययनले राजनीतिमा सहयोगसँगै जनतालाई बिपीको बिचार बुझाउन सहयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला सभापति डाँगीले बाचनालयको आधुनिक रुपमा विकास र दिर्घकालिन सञ्चालनका लागि योजना बनाएर काम गर्ने बताए ।

‘कांग्रेस दाङको वर्तमान कार्यसमितिले सञ्चालन गरेको पुस्तकालय जिल्लाभरका नेता तथा कार्यकर्ताको सम्पती हो’,जिल्ला सभापति डाँगीले भने,‘जिल्लाको सम्पतिको संरक्षण र दिर्घकालिन रुपमा सञ्चालनका लागि योजनावद्ध रुपमा अघि बढ्न पार्टीले ध्यान दिने छ ।’नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वलीले बाचनालयालाई व्यवस्थीत एवं दीर्घकालिन रुपमा अघि बढाउने गरि कार्यसमितिलाई लाग्न आग्रह गरेका थिए । कांग्रेसलाई जान्न र बुझ्नका लागि बीपी काइरोलाको अध्ययन गर्न आवश्यक रहेको भन्दै त्यसका लागि वाचनालयले सहयोग गर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बमबहादुर डिसीले जिल्ला कार्यसमितिले बिपी बाचनालय सञ्चालन गरेर जिल्लामा पठनपाठनका लागि नयाँ अभ्यासको थालनी गरेको भन्दै यसलाई समय अनुसार विकासमा ध्यान दिएर सवैको पहुँज गर्ने गरि विकास गर्न आग्रह गरेका थिए । त्यसका लागि पाटीसँग सम्वन्धीत पुस्तकसँगै इतिहास, स्ांंस्कृतिसँग जोडिएका पुस्तकहरु समेत राख्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कांग्रेसको भवनमा स्थापना भएको पुस्तकालय जिल्लाको सम्पति भएको भन्दै पुस्तकालयलाई व्यवस्थीत र सवैको पहुँज पुग्ने गरि सञ्चालन गर्न आग्रह गरेका थिए । त्यसका लागि बिपी कोइरालाँगै नेपाली कांग्रेसँग सम्वन्धीत पुस्तक, दैनिक पत्रिकालगायतका अध्ययन सामग्री राख्न आग्रह गरेका थिए । बीपी बाचनालय सञ्चालक समितिका संयोजक भोला अधिकारीले तत्कालका लागि बिपी कोइराला र पाटीसँग सम्वन्धीत पुस्तक, पार्टीको दस्तावेज,साहित्यक पुस्तकहरु राखेर सञ्चालन गरिएको भन्दै सवैसँग सम्वन्वय र सहकार्य गरेर आगामी दिनमा बाचनालयलाई अध्ययनसँगै प्रजातान्त्रिक विचारको विकासका लागि अध्ययन, छलफललगायत विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाचनालयको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र न २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस घोराही नगर सभापती तिलक रावत, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–५ का सभापती विष्णुमणि दाहाल, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य निरज गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बीपी बाचनाल सञ्चालक समिति सदस्य केशरा पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमका सहभागीलाई सञ्चालक समिति सदस्य कृष्ण सुवेदीले धन्यवाद ज्ञान गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चालक समितिका सदस्य रेखबहादुर वली ‘देउता’ले गरेका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad