दाङ, २७ भदाै । सल्यान घर बताउने एक महिला मानव सेवा आश्रममा रहेकी छन् । प्रहरीले महिलालाई उद्दार गरेर मानव सेवा आश्रममा पाँच दिन अघि छोडेको आश्रम प्रमुख हिरु जोशीले जानकारी दिनुभयो ।
सल्यान घर बताउने उहाँको उमेर अन्दाजी ७० रहेको उहाँले बताउनुभयो । प्रमुख जोशिले भेटिएकी महिलाले नाकमा फुलि , कपाल फुलेको, रातो भेष्ट लगाउनुभएको र गहुँगोरो वणर्को रहेकाे प्रमुख जोशिले बताउनुभयो ।
विगत केही दिन देखि दाङको तुलसीपुर उप-महानगरपालिका वडा नं ५ को सडक पेटिमा बेवारिसे अबस्थामा फेला पर्नुभएकी उहाँलाई मानवसेवा आश्रम दाङ शाखाले उद्वार गरेर अहिले आश्रममा राखिएको छ।
प्रमुख जोशिका अनुसार कहाँदेखि तुलसीपुर आइपुग्नुभएकाे हाे केही बताउन नसक्ने उहाँकाे अवस्था छ । घर कहाँ हो पनि थाहा छैन। कोहि कसैले उहाँ आमालाई चिन्नु भएको भए
घरसम्म पुर्याउनका लागि सहयोग गरिदिन सम्बन्धि सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।