मजदुर संगठन दाङले लाईसेन्स नवीकरण शुल्क व्यहोर्ने

दाङ, २७ भदाै । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङले चालक अनुमतिपत्र (लाईसेन्स) नवीकरण शुल्क व्यहोर्ने निर्णय गरेको छ । संगठनका जिल्ला कमिटिका अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षता एवं संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यता तथा केन्द्रीय उपमहासचिव खगेन्द्र बहादुर वलीको विशिष्ट आतिथ्यतामा बसेको विस्तारित बैठकले सामान्य मापदण्ड तयार गरी संगठनमा आबद्ध सदस्यहरुको लाईसेन्स नवीकरण शुल्क तिरिदिने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
उहाका अनुसार संगठनले आबद्ध भएका सदस्यहरु(चालक)ले तीन बर्ष सम्म नियमित रुपमा सदस्यता कार्ड नबिकरण गरेको, नियमित तीन बर्ष सम्म टिप शुल्क तिरेको र संगठनबाट कुनै राहात सुविधा नलिएकाहरुको लाईसेन्स नविकरणको शुल्क खर्च व्यहोर्ने भएको हो ।
तर लाईसेन्स नवीकरणको म्याद सकिएको अवस्थामा लाग्ने जरिवाना शुल्क भने स्वयंम चालकले तिर्नुपर्ने संगठनले बताएको छ । यो नियम आगामी असोज देखी लागु हुने भएको छ ।
संगठनमा आबद्ध चालकहरुले नवीकरण शुल्क तिरेको रसिद संगठनको कार्यालयमा पेश गर्नुपर्नेछ । यातायात मजदुरहरुलाई समस्या परेको बेलामा सहयोग गर्दै आएको संगठनले पछिल्लो समय महत्वपुर्ण निर्णय गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
सो अवसरमा केन्द्रिय सदस्य काली बहादुर योगी, प्रदेश सहसचिव प्रसुराम चौधरी,संगठनको केन्द्रिय श्रम विभाग सदस्य चुडा बहादुर बि.क लगाएतका अतिथिहरुको बैठकमा उपस्थित रहेको थियो ।
साथै बैठकमा संगठनले जिफन्ट ऐक्यबद्धता कोषबाट आयको पच्चिस हजार रुपैया गैरिलाल परियारलाई हस्तान्तरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण सचिव खिम बहादुर डाँगीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad