दही लिन जाने क्रममा भीरबाट लडेर सल्यानमा एक वृद्धाको मृत्यु

दाङ, २३ भदौ । सल्यानमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-२ गुराँसे घर भएकी ७४ वर्षीया रेतीदेवी कामीको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छोरीको घरमा बसेकी वृद्धा दही लिन जाने क्रममा बाटोमा चिप्लिएर लडेकी र घटनास्थलमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशमबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार वृद्धा सडकदेखि १ सय ५० मिटर तल खोचमा खस्नुभएको थियो । वर्षाको भेलले बगाएर ल्याएको ढुंगामाटोले आधा शरीर पुरिएको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । कामीको शव पोष्टमार्टमको लागि शनिबार जिल्ला अस्पताल सल्यानमा ल्याइएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad