आज २१ औं निजामती सेवा दिवस मनाइदै, भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ भदौ । आज २१ औं निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस तीन वर्षयता ’व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित मनाइँदै आएको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले यो दिवस मनाउन सुरु गरेको हो। हरेक वर्ष निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा भए पनि लगातार ७ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी चयन गर्न सकेको छैन। यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी चयन नहुनुको कारण न्यूनतम मापदण्ड पूरा गर्ने कुनै कर्मचारीको नाम छनोट समितिमा नपर्नु रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्वोत्कृष्ट कर्मचारी छनोटका लागि १५ वर्षभन्दा बढी स्थायी पदमा सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादनमा उत्कृष्ट अंक प्राप्त गरेको, विभागीय सजाय नपाएको, व्यक्तिगत बेरुजु नभएको, सम्पत्ति विवरण नियमित पेस गरेको, गयल कट्टीमा नपरेको, अध्ययन बिदा नलिएको लगायतका मापदण्डहरू पूरा गर्नुपर्नेछ।

तर, न्यूनतम मापदण्ड पूरा गर्ने कर्मचारी नभए पनि सरकारले यस वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले सरकारी सेवा सुधार्न विभिन्न पहल गर्दै आए पनि सेवाग्राहीहरूको गुनासो भने उस्तै छ। सेवाको प्रक्रियामुखी र ढिलासुस्तीका कारण सेवा लिन कठिन हुने गरेको सेवाग्राहीहरूले बताएका छन्। प्रविधिको प्रयोगमा केही सुधार भए पनि पूणर् रूपमा लागू हुन नसक्दा सेवामा चुनौती देखिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरूको वृत्तिविकासमा अवरोध भइरहेको बताएको छ। हाल सङ्घीय निजामती सेवा विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad