तुलसीपुरमा वडाध्यक्ष र युवा बीच झडप

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ भदौ । दाङको तुलसीपुरमा तीजको दिन साँझ नाचगानका क्रममा विवाद भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ श्रीगैमा तिजको नाचगानका क्रममा विवाद हुँदा हातपात भएको थिएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलका अनुसार तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारी र स्थानीय जितेन्द्र महताराबीच हातपात भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नाचगान गर्ने क्रममा विवाद भएपछि वडाध्यक्ष भण्डारी र स्थानीय महताराबीच हातपात भएको हो । हातपात हुँदा महताराको आँखाको मुनी चोट लागेको प्रहरीले बताएको छ । आफूलाई नाच्न भण्डारीले जबरजस्ती हात तानेको र नाच्न अस्वीकार गर्दा मुक्का हानेको महताराले बताए ।

वडाध्यक्ष भण्डारीले भने नाच्ने ठाउँ साँघुरो भएकाले ठूलो ठाउँ बनाऔं भनि प्रस्ताब गर्दा अटेरी गरेको प्रतिक्रिया दिएका छन् । उनले ४ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको समेत बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नाचगानका क्रममा हातपात हुन थालेपछि नाच समेत विथोलिएको थियो, भने अबस्था असामान्य भएको थियो । लगतै आएको प्रहरी टोलीले अध्यक्ष भण्डारीलाई त्यहाँबाट घर लगेर गएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad