तुलसीपुरमा पानीको मूल्य निर्धारित दरभन्दा बढी शुल्क लिए सिल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ भदौ । तुलसीपुरमा केही पानी उद्योगले निर्धारित दरभन्दा बढी मूल्य लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले प्रशोधित पानीको प्रतिलिटर बोतलको अधिक्तम मूल्य २० रुपैयाँ निर्धारण गरेको भए पनि अनुगमनको क्रममा बढी मूल्यमा बिक्री गरेको पाइएकाले कारबाही गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, उपभोक्ता हित संरक्षण शाखाका शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका राजेश चौधरी, सुदर्शन गोसाइ, इलाका प्रहरीका सई भरतनाथ योगी, जिल्ला प्रशासन कार्यालयका नासु चुडामणि भण्डारीलगायतको अनुगमनमा सहभागी रहेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुगमनका क्रममा राप्ती डिङ्किङ वाटरमा तोकिएको मूल्यभन्दा बढी दर राखी बिक्री वितरण गरेको र कुवेर जलले केही पसलमा पठाउने बोतलमा २० रुपैयाँ मूल्य राखे तापनि होटल रेस्टुरेन्टमा पठाउने पानीको बोत्तलमा उनीहरूले भने बमोजिमको मूल्य अङ्कित गरेको पाइएकाले बदमासी ठह¥याई जरिवाना गरिएको प्रमुख शर्माले जानकारी दिइन् ।

यसैगरी कोमल जलमा बोतलको पानी उत्पादन नदेखिएको र जारको पानी मात्र बजार पठाउने गरेको पाइएकाले सबै उद्योगलाई तोकिएको मूल्यभन्दा बढी मूल्यमा पानी विक्रीवितरण गरेको पाइएमा उद्योग सिल गर्ने चेतावनी दिएको उनले बताइन् । स्वच्छतामा ध्यान दिनु पर्ने, लेवल प्रस्ट देखिने गरी टाँस्नु पर्ने र प्रशोधन गर्ने सामान र उद्योगभित्र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad