अट्वारीमा आइतबार दाङसहित लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ भदौ । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतवारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो ।

प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

No description available.

Blog Post Ad Blog Post Ad Blog Post Ad