नेकपा (बहुमत) दाङ्गले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ध्यानाकर्षण पत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । नेकपा (बहुमत) दाङ जिल्लाले प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको दुई बुँदे ज्ञापनपत्रको कार्यान्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीलाई ध्यानाकर्षण पत्र पेश गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत १६ भदौमा, नेकपा बहुमतको पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वबाट निर्वाचित सांसद धन बहादुर केसी (डिबि) लाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रदर्शन गरेको थियो।

सांसद धन बहादुर केसीलाई २०४८ सालमा रुकुम जिल्ला अदालतले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको सजाय सुनाएको थियो। उनी हालसम्म फरार सूचीमा रहेका छन्। मन्त्री बादसाह कुर्मीलाई नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितको रूपमा गृह मन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितिले दोषी ठहर गरेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्टीले सांसद केसीको पक्राउ र मन्त्री कुर्मीको बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको जानकारी दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काले दिए। पार्टीले राखेका मागहरू कार्यान्वयनका लागि आगामी २० गते मशाल जुलुस र २१ गतेदेखि प्रदेशभर सरकारी सवारी साधनमा रोक लगाउने चेतावनी पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ।

देशभर ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ घोषणा गरेको उक्त पार्टीले पाँच नम्बर व्युरोको कार्यतालिका अनुसार मंगलबार लुम्बिनी प्रदेशभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad