तुलसीपुर-६ का वडाध्यक्षलाई ज्यान मार्ने धम्की, प्रहरीलाई छैन चासाे

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव वलीले जनप्रतिनिले ज्यानको सुरक्षा गरी पाउभन्दा पनि प्रहरी मौन बस्नु आश्चर्य चकित परेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी कसैको दबाब र प्रभावमा नपरी आरोपितलाई पक्राउ गरी अनुशन्धान अगाडी बढाउनुपर्ने नगर प्रवक्ता वलीले बताउनुभयो ।

यो विषयमा बुझ्नको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेललाई फोन गरेर बुझ्दा आफु मिटिङमा रहेको प्रतिक्रिया दिनुभयो । वडा नम्बर ६ का जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आएको कुरा के हो भनेर भन्दा उहाँले प्रहरी निरिक्षक प्रकाश थापासंग बुझ्न भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरी निरिक्षक थापालाई फोन गरेर सोध्दा यो बारेमा आफुलाई केही जानकारी नभएको कुरा बताउनुभयो । उहाँले साझ डिएपी साप आएपछि हामिले छलफल गछौं अनि के रहेछ भन्ने कुरा थाहा होला भन्नुभयो ।

उता जिल्ला प्रहरी कार्यालय दाङका एसपी राम बहादुर केसीलाई बुझ्दा इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन आएको होला उतै बुझ्नुस भनेर फोन काट्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आउदा पनि प्रहरीले चसो दिएको छैन । जनप्रतिनिधिले नै सुरक्षा को अनुभूति गर्न पाएका छैनन् भने सर्वसाधारण नागरिकको अबस्था झन कस्तो होला भन्ने कुरा प्रष्ट देखिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad