२५ वर्ष बित्यो, तर बनेन गच्छे-भालुवाङ सडक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी जोड्ने गच्छे–भालुवाङ सडक अढाई दशकसम्म अधुरै छ । सधैं बजेट अभावको मारमा परेर कामले गति लिन सकेको छैन । २०५६ मा काम सुरु गर्दा यस सडकलाई सन्धिखर्कबाट पूर्व–पश्चिम राजमार्गको दाङ भालुवाङ जोड्ने भनिएको थियो ।

देउखुरीमा प्रदेश राजधानी बनेपछि महत्त्वका रुपमा हेरियो । यो सडक निर्माण सम्पन्न भए अर्घाखाँचीसहित गुल्मी र पाल्पावासीलाई प्रदेश राजधानी देउखुरी आउजाउ गर्न सहज हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन जिल्लाका सांसदले महत्त्वका रुपमा हेरे पनि बजेट न्यून नै छ । अहिले प्रदेश राजधानी आउजाउको लागि अर्घाखाँची र गुल्मीको तम्घासका स्थानीय सन्धिखर्क–गोरुसिंगे सडक रुट हुँदै पूर्वपश्चिम राजमार्गबाट यात्रा गर्नुपर्छ । गच्छे–भालुवाङ निर्माण कार्यपूरा भएर यातायात चल्दा झण्डै आधा दुरी छोटो हुन्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमि दूरी छ । सन्धिखर्क नजिकैको गच्छे–भालुवाङ ६७ किमिको दूरी रहेको छ ।

गुल्मी, पाल्पा र अर्घाखाँचीका लागि प्रदेश राजधानी पुग्ने यो वैकल्पिक सडक बनेको छ । लुम्बिनी प्रदेश सरकारले यो आर्थिक वर्ष अढाई करोड रुपैयाँ विनियोजन गरेको छ । जसबाट गच्छेदेखि साढे ५ किमि सडक पिचको काम गरिने सडक पूर्वाधार विकास कार्यालयका आयोजना प्रमुख गोपी पुन मगरले बताए । गच्छे–लामातालसम्म ग्राभेल भएको छ । धनचौरको टोड्केमा अप्ठयारो भीर भएकाले सडक छिचोल्न धेरै खर्च भएको छ । गच्छे–लामातालसम्मको ४७ किमि सडक ग्राभेल गर्न १ अर्ब बजेट लाग्ने उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक पूरा हुँदा पाल्पावासी कालीगण्डकी करिडोरबाट रामपुर–रिडी हुँदै सन्धिखर्कबाट राजधानी आउजाउ गर्न दूरी छोटो हुन्छ । ‘पछिल्लो समय प्रदेश राजधानी जोड्ने सडक भनिए पनि बजेट थोरै आउँछ,’ उनले भने, ‘यही अनुसार हो भने त काम पूरा गर्न अझै १० वर्ष लाग्छ । मागेजति बजेट नै विनियोजन भएन ।’

भूगोल अप्ठयारो भएकाले काम गर्न सकस नै परेको उनले बताए । प्रदेशबाट कम बजेट परे पनि संघ सरकारबाट सम्पुरकमा राखेमा सजिलो हुने उनले बताए । पर्याप्त बजेट परेर द्रुत गतिमा काम गर्ने हो भने दुई-तीन वर्षमा यातायात सञ्चालन गर्ने बनाउन सकिने पुनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुरुमा लामाताल हुँदै सातमाराबाट भालुवाङ जोड्ने रेखांकन गरिएको थियो । पछि भूगोल असहज भएको भन्दै राप्ती नदीमा पुल निर्माण गरेर बढिदमार हुँदै प्यूठानको सदरमुकाम जोड्ने मुख्य सडकको बांगेखाल जोड्ने र भालुवाङ पुग्ने उनले बताए ।

नदीमा पुल निर्माणको काम पनि बजेट अभावमा अगाडि बढ्न सकेको छैन । धनचौरको साप्रे भीरमा जटिल पहरोको बीचबाट सडक छिचोलेर फराकिलो पार्ने काम अझै पूरा भएको छैन । शीतगंगा नगरपालिकाको जलुके, जुकेनाका स्थानीयलाई जिल्ला सदरमुकाम टाढा भएकाले सामान किन्न भालुवाङ नजिक पर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२५ वर्षसम्म पनि सडक पूरा नहुँदा दक्षिणी क्षेत्र ओझेलमा परेको लामातालका जुनबहादुर पुलामीले बताए । ‘यो सडक सम्पन्न भएर गाडी चल्दा जलुके, जुकेना, सिद्धाराका स्थानीयले उत्पादन गरेको खसीबोका, कुखुरा, तरकारी अण्डा र माछामासु भालुवाङ निर्यात गर्न सहज हुने र कृषि उद्यम् बढ्ने थियो,’ उनले भने, ‘कहिले सडक बन्ला र भैंसीपालेर भालुवाङ बजारमा गाडीबाट दूध पठाउन पाइएला भनेर कुर्दाकुर्दै २५ वर्ष बित्यो । अझै कति वर्ष पर्खनुपर्ने हो, टुंगो छैन ।’

गच्छे–भालुवाङ सडक खण्डका नौमुरे जलविद्युत, राप्ती नदी, लामाताल पिकनिक स्थल र पतञ्जलीको जन्मस्थल ठाउँकै कारण पनि यो सडक महत्त्वपूर्ण रहेको यस क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए । ‘अघिल्लो वर्षमा संघ प्रदेशको सम्पुरक र विनियोजित बजेट गरी २२ करोड रुपैयाँ थियो,’ उनले भने, ‘यसपटक प्रदेश सरकारले जम्मा अढाई करोड छुट्याइिदयो । मैले प्रदेश राजधानी जोड्ने द्रुत मार्गलाई ओझेलमा पार्ने काम भएकाले संसद्‍मा पनि कुरा उठाएँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन जिल्लालाई प्रभाव पार्ने सडकलाई बजेट विनियोजन नगर्नु दुःखद भएको उनको टिप्पणी छ । जंगलभित्रको दुर्गम बस्तीले मुहार फेर्ने, यहाँ उत्पादित तरकारी, खसीबोका सहजै बजार पुग्ने र स्थानीय स्वरोजगार बन्ने बलियो आधार रहेको घिमिरेले बताए ।कान्तिपुरबाट