हराएको पैँतिस वर्षपछि फेसबुकले घर फर्कायो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ भदौ । बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी-४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ ।

एक महिनाअघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछि कीर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भेट्ने आशा मरेको छोरा ३५ वर्षपछि सकुशल घर आउँदा खुसी छाएको कीर्तिमानकी ८२ वर्षीय आमा चिमकली सुनारले बताईन । बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै आमा चिमकलीले भनिन, “छोरो भेटिने आश नै थिएन, अहिले निकै खुसी छु ।”

पैसा कमाउन भारत गएको चार वर्षसम्म कीर्तिमान परिवारको सम्पर्कमा थिए । गाउँका साथीसङ्गीमार्फत चिठी आदानप्रदान भइरहन्थ्यो । अचानक ठेगाना र बसाइँ फेरिएर भारतको दुर्गम आसाम तेजुमा गएपछि साथीभाइ र आफन्तसँगको सम्पर्क टुटेको कीर्तिमानले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुनः आफ्नो परिवारसँग भेटेर आफू अत्यन्त खुसी भएको कीर्तिमानले बताए । गोरखापत्रबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad