दाङ्गदेखि नेपालगन्ज जांदै गरेको बस दुर्घटना हुंदा दुई जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, १३ भदौ । बाँकेको कोहलपुर-नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भई पल्टिँदा २७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् । मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भई पल्टिदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ ।

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad