युवा व्यवसायी पोख्रेलद्वारा जन्मदिनमा सेवा घरलाई सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । पछिलो समय आफ्नो जन्मदिन विभिन्न रचनात्मक कार्य गरि मनाउने चलन बढ्दै गरेको छ ।

घोराही उपमहानगरपालिका –१३ निवासी दाङ जिल्ला उद्योग वाणिज्य संघका विशिष्ट सदस्य, युवा व्यवसायी ऋषि पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाजद्वारा संचालित सेवा घरलाई आर्थिक सहयोग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गर्नुभन्दा सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले सेवा घरलाई सहयोग गरेको बताए । व्यवसायीक पोख्रलेले भने, ‘भविष्यमा पनि मानवीय र सामाजिक क्षेत्रमा नियमित सेवा गर्ने विचार गरेको छु ।’

मंगलबार सेवा घरमै पुगेर दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको नेतृत्वमा १५ हजार ५ सय ५५ रुपौयाको चेक हस्तारण गरेका हुन । व्यवसायी पोख्रेलले घोराहीमा पब्लिक इलेक्ट्रोनिक व्यवसाय गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad