अव्वल भिंग्रेली भिलेज रिसाेर्ट

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाण्डव शर्मा

दाङ, १३ भदौ । भिंग्रेली भिलेज रिसाेर्टले आफ्ना सेवाहरूमा थप सुविधाहरू समावेश गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपेकाे छ । घाेराही उपमहानगरपालिकामा अवस्थित यस रिसाेर्टमा हालै विभिन्न नयाँ सुविधा तथा पूर्वाधार विस्तार गरिएकाे जानकारी म्यानेजर प्रकाश पाैडलले दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रिसाेर्टले हाल ५० ओटा कोठाहरू सञ्चालनमा ल्याएकाे छ । जसमा ४ ओटा सुपर डिलक्स, ४० ओटा एसी, र ६ ओटा नन एसी कोठाहरू रहेकाछन् । यस्तै, यहाँ रेष्टुरेन्ट एण्ड बार तथा कफि हाउसका साथै फ्रेस क्राफ्ट वियर पनि उपलब्ध छ, जसमा बाह्रसिंगे ब्रान्ड विशेष रूपमा पाइन्छ । नयाँ मेसिन जडान गरिएकाले सेवा अझ प्रभावकारी हुने पाैडेलले विश्वास व्यक्त गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भीङ्रेली भिलेज रिसाेर्ट १३ कठ्ठा क्षेत्रफलमा फैलिएकाे छ । दुबै तिरबाट बाटोको पहुँचमा रहेकाे यस रिसाेर्टमा एकै पटकमा पाँच ओटा विवाह तथा अन्य कार्यक्रमहरू आयोजना गर्न सकिने सुविधा छ । साथै, रिसाेर्टमा २५ जना देखि ५०० जना अट्न सक्ने ७ ओटा सुविधा सम्पन्न हलहरू रहेका छन् । कार्यक्रमहरू तथा अन्य कार्यकालागि प्रशस्त पार्किङको सुविधा पनि उपलब्ध गराइएको छ भने, यहाँ स्विमिङ पुलको सुविधा पनि रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रिसाेर्टका म्यानेजिङ डाइरेक्टर निरञ्जन राजभण्डारीले भने, “हामीले दाङमा होटल व्यवसायमा नयाँ शुरूवात गरेका छाैं ।” उनका अनुसार, स्थानीय पर्यटन प्रवर्द्धनमा रिसाेर्टले याेगदान पुर्याउने लक्ष्य राखेको छ । भविष्यमा स्वर्गद्वारी, धारपानी लगायतका पर्यटन गन्तव्यहरूमा पर्यटक घुमाउनका लागि ट्राभल एण्ड टुर प्याकेज सञ्चालन गर्ने योजना रहेकाे जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजभण्डारीका अनुसार, “दाङमा मुख्य समस्या भनेकै नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु हाे ।” उनले भने, “नियमित हवाई सेवा शुरू भएमा बाह्य पर्यटकहरू दाङ आउने संभावना उच्च हुन्छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

भीङ्रेली भिलेज रिसाेर्टकाे कोठाहरू न्यूनतम एक हजार पाँच सय रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्मका रहेका छन्, जसले पर्यटकहरूलाई उचित मूल्यमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यसरी, स्थानीय पर्यटन प्रवर्द्धनमा भीङ्रेली भिलेज रिसाेर्टले प्रभावकारी योगदान दिँदै अगाडि बढेको छ । रिसोर्टमा पूर्ण पारिवारिक वातावरण भएकाले ग्राहकहरूको आगमन बढिरहेको छ ।