ग्वारखोलामा माछा संरक्षण अभियान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र १९ क्षेत्रमा पर्ने ग्वारखोला क्षेत्रमा माछा संरक्षण अभियान थालिएको हो । दुबै वडाका समुदायहरु मिलेर समिति निर्माण गरि माछा संरक्षण गर्न थालिएको हो ।

तुलसीपुर ४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्मण गरि माछा संरक्षण थालिएको हो । बर्षादको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरु आउन पाउने भन्दै त्यसो गर्न नदिने अध्यक्ष थापाले बताए ।“बर्षादको समयमा माछाहरु माथितिर आउने गर्छन्, माथितिर आइरहेका साना माछाका भुराहरुलाई ढरिया हालेर मार्ने गर्दा सबै माछाहरु सकिने अबस्था आउछ”,उनले भने “त्यसैले हामीले यो अभियान थालेका हौं ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै हिउदतिर विषदी हालेर, करेन्ट लगाएर माछा मार्ने गरेको भन्दै यसलाई पनि नियन्त्रण गरिने उनको भनाई छ । पछिल्लो समय माछा लोप हुने अबस्थामा रहेको भन्दै यसलाई न्यूनिकरण गर्न समिति गठन गरेर काम थालिएको हो ।“ बादी समुदायको पेशा मारेरै जीविको पार्जन गर्ने गर्छन, तर खोलामा माछा नहुँदा उहाँहरुको जीविका चल्न पनि गाह्रो हुने अबस्था छ, पुर्खाहरुले धेरै प्रजातिका माछाहरु मार्नुहुन्थ्यो”,उनले भने“तर, अहिले बर्षादमा ढरिया हालेर भुराहरु सबै मार्ने र हिउद तिर करेन्ट र विषादी प्रयोग गरेर सबै माछा मार्दा लोप हुने अबस्था रहेको छ, यसलाई संरक्षण गर्नुपर्छ ।”

करेन्ट लगाउने, विषादी हाल्ने कार्यले पशुपौपायले पानी खाँदा पनि असर हुने गरेको उनको भनाई छ । त्यसैले अहिले माछा संरक्षण अभियान थालिएको भन्दै यदि यो पालन नगरेर जरिवाना समेत तिराउने गरि तयारी गरिएको छ । करेन्ट लगाउने तथा विषादी हालेमा पहिलो पटकमा १० हजार र त्यसपछि पुनः करेन्ट लगाएमा थप १० हजारका दरले जरिवाना लगाउने गरि तयारी गरिएको छ । त्यस्तै ढरिया हालेर माछा मारेमा पाँच हजारका दरले जरिवाना लगाउने समेत निर्णय गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रत्येक महिनाको २० गते बैठक बसेर थप निर्णय गरिने समेत अध्यक्ष थापाले बताए । ग्वारखोलामा उत्तरमा रोल्पा र सल्यानको सीमानादेखि दक्षिणमा घोराही–तुलसीपुर सडक पुलबीचका माछा संरक्षणमा समुदाय सक्रिय भएको हो । तुलसीपुर ४ को बायोखोला, दद्रेनी तथा तुलसीपुर १९ का कुटीचौर, श्रीचौरका बासिन्दाहरु मिलेर यो अभियान थालेका हुन् ।

यसरी माछा संरक्षणमा लाग्नु अहिलेको आबश्यकता भएको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताउनुभयो । उनले यो अभियानमा स्थानीय सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad