देउखुरीमा बोलेरो र मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । दाङको देउखुरीमा बोलेरो डबल क्याप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परि मोटरसाइकल चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ बस्ने वर्ष ३० को दलबहादुर खड्का र मोटरसाइकल पछाडी सवार रुपन्देहीको बुटबल उपमहानगरपालिका– १६ घर भई यातयात व्यवस्था कार्यालय बुटवलमा छैठौँ तहमा कार्यरत ५६ वर्षिय खगराज उपाध्याय घाइते हुनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते मध्ये उपाध्यायको अवस्था गम्भीर रहेको छ । उहाँको निधार र शरिरमा गहिरो चोट लागेको छ भने खड्काको हात र ढाडमा चोट लागेको छ । घाईते मध्ये उपाध्यायको स्वास्थ्य चौकी सिसहनियामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–४ मौरीघाटमा तुलसीपुरबाट बुटबलतर्फ जाँदै गरेको लु २ च ४७५० नम्बरको पेन्ट लोड गरेको बोलेरो डबल क्याप र बाटो क्रस गरिरहेको रा ४ प ५३४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बोलेरो डबल क्याप घटनास्थलमा नै सडक छेउमा पल्टिएको थियो । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad