दाङमा कुवा सफा गर्दा फसेर गम्भीर घाइते भएका दुई जनाकाे मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ५ भदौ । दाङमा कुवा सफा गर्ने क्रममा फसेर गम्भीर घाइते भएका दुई जनाकाे निधन भएकाे छ । आज बिहान कुवामा फसेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षका मुकेश बिक र ३८ वर्षका यम बहादुर बिककाे राप्ती प्रादेशिक अस्पतालमा निधन भएकाे हाे ।

आज बिहान करिब १० बजेतिर कुवा सफा गर्ने क्रममा दुबै जना फसेका थिए । फसेका दुबैजनालाई उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमम ११ बजेतिर डाक्टरले मृत घाेषणा गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुवामा अक्सीजनको अभावले घाइते भएको हुन सक्ने तुलसीपुर-१३ का अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad