दाङ्गमा बेपत्ता भएका भण्डारी मृत फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ साउन । दाङमा बेपत्ता एक व्यक्तिको शव फेला परेकाे छ । गत शनिबारदेखि हराइरहेका बबई गाउँपालिका-३ बस्ने ईन्द्र बहादुर भण्डारी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

गत भदाै १ गतेदेखि घरबाट हराइरहेका भण्डारीकाे आज शव फेला परेकाे हाे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीका अनुसार अनुसार शव आज दिउँसो साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-१ र शान्तिनगर गाउँपालिका-४ को सीमामा पर्ने पातेटाकुरास्थित एकली खोलाको किनारामा फेला परेको हो ।

बेपत्ता भएको रिपोर्ट प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय खिलतपुर र चिराघाट दाङबाट प्रहरी टोली खटिएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घटनास्थलमा प्रारम्भिक अनुसन्धानपश्चात, शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घटनाको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad