विश्व मानवीय दिवसमा यौन तथा प्रजनन् स्वास्थ्यबारे अभिमुखीकरण


दाङ्ग, ३ भदौ । विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवाका बारे विश्व मानवीय दिवसको अवसरमा मानवताका लागि कार्य भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल परिवार नियोजन संघ दाङ शाखा, स्प्रिन्ट परियोजनाको आयोजनामा सोमबार घोराहीमा स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, संचारकर्मीलगायतको उपस्थितीमा वृहत रुपमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा विपतका बेला उद्धार, राहत र पुनस्र्थापनालगायत विषयमा सबैको ध्यान जाने तर यौन तथा प्रजनन् स्वास्थ्य जस्तो सम्बेदनशील विषयमा धेरैको ध्यान नजाँदा विपतमा परेकाहरुले अनेकौँ समस्या भोग्नु पर्ने अवस्था रहेको निष्कर्ष निकालिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भूकम्प, आगलागी, बाढी, पहिरो, महामारी जस्ता विपतमा राज्यको ध्यान अरु विषयमा बढी हुने तर विपतका बेला गर्भवती, सुत्केरी, अशक्त, महिला, किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा गम्भीर असर गरी शारिरीक तथा मानसिक समस्या उत्पन्न हुने अवस्था प्रति सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिईएको छ ।

विपतका बेला अपनाउनु पर्ने न्यूनत आवश्यक सेवा प्याकेजमा तीन तहका सरकार र संघसंस्था बीच सहज सरल समन्वय स्थापित गरेर विपतमा काम गर्न सकेमा विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारी हुने उनीहरुको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यौन तथा प्रजनन् स्वास्थ्यका लागि न्युनतम प्रारम्भिक सेवा सुनिश्चित गर्ने प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाको पहिचान गर्ने, यौन हिंसा रोक्ने र हिंसा प्रभावितहरूको आवश्यकतालाई सम्बोधन गर्ने, एचआईभी र अन्य यौन रोगहरूको सर्ने दर तथा त्यसको कारणले हुने बिरामी र मृत्युदर घटाउने तर्फ ध्यान दिनुपर्ने सहभागीहरुको जोड थियो ।

यसैगरी, मातृ तथा नवजात शिशु बिरामी हुने र मृत्यु हुने दरमा कमी ल्याउन पहल गर्ने, अनिच्छित गर्भधारण रोकथामका लागि प्रयास गर्ने, वृहत् यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूको लागि योजना बनाउने, सकेसम्म चाँडो प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्ने र स्वास्थ्य सेवाका ६ वटै प्रणालीसँग सम्वद्ध समुह वा उपसमुहसँग सहकार्य गर्ने काममा विशेष ध्यान दिनुपर्ने सरोकारवाला सबैको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल परिवार नियोजन संघ दाङ शाखा कोषाध्यक्ष माया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका कमल चन्द, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, विपत व्यवस्थापन शाखा प्रमुख सुनिल कुमार शर्मा, स्वास्थ्यकर्मीलगायतले हालसम्म भईरहेको प्रयास र सुधार गर्नुपर्ने पक्षका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा परिवार नियोजन संघ शाखा प्रबन्धक बसन्त खनालले दिवसको सन्दर्भ र विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad