टरिगाउँँमा आउनै छाड्यो जहाज

Blog Post Ad Blog Post Ad Blog Post Ad

एकराज भण्डारी

दाङ, ३२ साउन । काठमाडौं निवासी विमला शर्माको माइती तुलसीपुर–४ मा पर्छ । गत जेठ महिनामा उहाँ माइतीमा आएको बेला काठमाडौंमा उहाँका आफन्तको निधन भयो । विमलालाई तत्कालै काठमाडौं जानुपर्ने भयो । विमलाले तुलसीपुरस्थित नेपाल वायुसेवा निगमको कार्यालयमा फोन गर्नुभयो । बिहान १० बजे जहाज आउने तालिका थियो । उहाँ ९ बजे नै टरिगाउँ एयरपोर्ट आइपुग्नुभयो तर जहाज १२ बजेसम्म पनि आइपुगेन । निगमका कर्मचारीले बुझ्दा मौसम अनुकूल नहुँदा जहाज काठमाडौंबाटै उडान नभएको र उडान हुने सम्भावना कम भएको जानकारी आयो । त्यसपछि निगमका कर्मचारीहरुले नै नेपालगञ्जस्थित अन्य कम्पनीसँग समन्वय गरेर विमलालाई नेपालगञ्ज जान सुझाव दिए । ९ बजेदेखि जहाज पर्खिएकी विमला अन्ततः १ बजे नेपालगञ्ज पुग्नुप¥यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँजस्तै अकस्मात हुने समस्या, बिरामी तथा ज्येष्ठ नागरिकहरुलगायत अहिले पनि टरिगाउँ एयरपोर्टबाट काठमाडौं जाने यात्रुहरुको कमी छैन तर जहाज नियमित आउन सकेको छैन । तुलसीपुर–५ का पुष्कर पौडेलका बुवाको हातखुट्टा र ढाडमा समस्या छ । गाडीमा लामो समय बस्दा समस्या हुन्छ । साउन १० गते नियमित जाँचका लागि उहाँलाई काठमाडौं लैजानुपर्ने थियो । टरिगाउँ एयरपोर्टमा हप्तामा एकपटक जहाज आउने तालिका छ । केही दिनअघि जहाज आएकोले आउँदो हप्ता पनि जहाज आउला भन्ने आशामा पर्खनुभयो, जहाज आएन । अर्को हप्ता त आउला भनेर पर्खनुभयो तर जहाज आएन । त्यसपछि उहाँले अप्ठ्यारै भए पनि बुवालाई नेपालगञ्जसम्म गाडीमा लैजानुभयो र त्यहाँबाट जहाजमा काठमाडौं लैजानुभयो । ‘नजिकमा एयरपोर्ट भएको कुनै काम लागेन । सहजता खोज्दा बिरामीको उपचारमै ढिला भयो’– उहाँले भन्नुभयो– ‘जहाज नआउनुको कारण मौसमको खराबी मात्रै नभएर पहलको कमी हो कि जस्तो लाग्यो ।’

हप्तामा चार दिन चल्ने तालिका बनाएको नेपाल एयरलाइन्सले अहिले हप्तामा एक दिन उडानको तालिका बनाएको छ । तर त्यो पनि ठेगान नभएपछि टरिगाउँ एयरपोर्टबाट हवाई यात्रा समस्यामा परेको छ । टरिगाउँ एयरपोर्टबाट हुने सेवा प्रवाह भरपर्दो नभएको अधिकांशको गुनासो छ तर नेपाल वायुसेवा निगम तुलसीपुरका प्रमुख बलबहादुर सुनारले टरिगाउँ एयरपोर्ट निगमको प्राथमिकतामै रहेको बताउनुहुन्छ । ‘साउनको २ गते जहाज आएको थियो । त्यसयता आउन सकेको छैन । वर्षाको कारण वातावरण उपयुक्त नहुँदा जहाज आउन सकेन । जसले गर्दा यात्रुहरुलाई सेवा दिन नसकिएको हो’– उहाँले भन्नुभयो– ‘हामी सेवा प्रवाह गर्नकै लागि बसेका हौं तर विभिन्न समयमा हुने वातावरणीय कठिनाइले सेवा प्रवाहमा बाधा पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जहाजको संख्या कम हुँदा पनि केही समस्या थपिएको हो ।’ तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट सेवा दिइरहेको नेपाल वायु सेवा निगमको तालिकामा जेठयता हप्तामा एक दिन जहाज टरिगाउँ एयरपोर्टमा आउनेछ तर जहाज आएको एक महिना बितिसक्दा पनि अर्को पटक जहाज आएको छैन । यो बीचमा थुप्रै यात्रुहरु सेवा लिन आएका छन् तर जहाज आउन नसक्दा सेवा प्रवाह गर्न नसकिएको निगम तुलसीपुरका प्रमुख सुनारले बताउनुभयो ।

वायु सेवा निगमका तुलसीपुर प्रमुख सुनारले गत माघ महिनाबाट तुलसीपुरको जिम्मेवारी सम्हाल्नुभएको हो । त्यतिबेला निगमले टरिगाउँ एयरपोर्टमा हप्तामा चारवटा उडान गर्ने तालिका थियो तर पुस र माघमा हुस्सु, चैत र वैशाखमा हावाहुरी र त्यसयता वर्षाका कारण तालिकाअनुसार जहाज आउन नसकेको उहाँले बताउनुभयो । ‘माघदेखि जेठसम्म हप्तामा चारवटा भने पनि हप्तामा एउटा मात्रै जहाज आएको छ भने असार महिनामा त वातावरणीय असहजताका कारण जहाज नै आउन सकेन’– उहाँले भन्नुभयो– ‘नेपाल वायु सेवा निगमले दाङलाई सम्भावना भएको क्षेत्रका रुपमा लिएको छ । त्यसकारण पनि कार्यालय स्थापना गरेर सेवा प्रवाहको प्रयास गरिरहेका छ ।’ टरिगाउँ एयरपोर्टमा चल्न सक्ने जहाज निगमसँग दुईवटा मात्रै छन् । तीमध्ये एउटा हाल बिग्रिएर मर्मत हुँदैछ । त्यसकारण जेठयता उडान घटाइएको हो । त्यो जहाज बन्यो भने निगमले टरिगाउँबाट हप्तामा सातै दिन उडान गर्ने उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जहाज नियमित बनाउने प्रयास

अनियमित हवाई सेवालाई नियमित बनाउन २०७४ सालमा निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकाले प्रयास थाल्यो । तत्कालीन तुलसीपुर–६ का अध्यक्ष नवराज लामिछाने भन्नुहुन्छ– ‘त्यो समयमा यात्रु नभएर घाटामा जाने अवस्था भए, स्थानीय सरकारले जिम्मेवारी लिन्छ भनेर सेवा प्रदायक संस्थालाई १० लाख रुपैयाँ धरौटी राखेर जहाज नियमित गराउने प्रयास थालेका थियौं । एयरलायन्सको कार्यालयसमेत स्थानीय सरकारले नै व्यवस्थापन गरेको थियो ।’ पछि इन्धनको समस्या देखियो । स्थानीय सरकारले आयल निगमसँग समन्वय ग¥यो र इन्धन डिपो पनि स्थापना भयो । अहिले टर्मिनल भवन र अत्याधुनिक टावर पनि निर्माण भइसकेका छन् तर पनि जहाज नियमित किन हुन सकेको छैन ? जहाज नियमित गराउनेतर्फ यस क्षेत्रका सम्पूर्ण सरोकारवाला निकायहरुको चासो हुनुपर्ने उहाँको धारणा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफ्नै कार्यालयमा निगम

टरिगाउँबाट सेवा प्रवाह गर्ने भन्दै आएका केही एयरलान्स कम्पनीहरुले केही समयमा सेवा प्रवाह बन्द गर्दै हिंड्ने प्रवृत्ति थियो । जहाज नियमित गराउँदै नागरिकहरुलाई हवाई सेवा सहजै उपलब्ध गराउने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिकाले २०७५ देखि निगमको कार्यालयको भाडा व्यहोरिदिन थाल्यो । साथै तुलसीपुर उमपहानगरपालिका, तुलसीपुर उवासंघ तथा सरोकारवालाहरुको निरन्तरको पहलले त्यो समय अपवादबाहेक हवाई सेवा नियमित नै भइरहेको थियो । २०७९ मा निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकाले भाडा नतिर्ने घोषणा ग¥यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसपछि निगम बस्दै आएको कोठा छोड्न तय गरेको थियो तर तुलसीपुर उद्योग वाणिज्य संघले कोठा उपलब्ध गराएर सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास थाल्यो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले भन्नुभयो– ‘हवाई सेवा नियमित गराउन चुनौती भइरहेको बेला सेवा प्रदायक संस्थालाई यहाँबाट जान दियौं भने झनै समस्या हुने भएपछि निगमलाई हामीले नै कार्यालयका लागि कोठा उपलब्ध गराएका थियौं ।’ एक वर्ष तुलसीपुर उवासंघको कार्यालयबाट सेवा प्रवाह गरेको निगमले बिहीबारदेखि आफ्नै कार्यालय व्यवस्थापन गरेर सेवालाई निरन्तरता दिएको छ ।