सवारी चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ ।

अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसका लागि ट्राफिक प्रहरीलाई विशेष किसिमको उपकरण दिइने छ । यो व्यवस्था लागू भएपछि छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने विभागको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यद्दपि यो व्यवस्था लागू हुने भने केही समय लाग्नेछ । यसका लागि सफ्टवेयर बनिसके पनि उपकरण भने किन्नै बाँकी छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र परीक्षण गर्ने उपकरण प्राप्त गर्नासाथ यो व्यवस्था लागू हुने यातायात व्यवस्था विभागको भनाइ छ ।

यसैबीच यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच हिजो समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad