सल्यानबाट ७२ करोडको खसी बोका निकासी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । गत आर्थिक वर्षमा सल्यानबाट ७२ करोड रुपैयाँभन्दा बढीको खसी बोका निकासी भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाबाट ७२ करोड भन्दा बढीको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

दर्ता भएका विभिन्न कम्पनीबाट ५९ करोड ६० लाखको खसी बोका निकासी भएको कार्यालयमा रेकर्ड रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनु भयो । दर्ता नभएका स्थानीय व्यापारीहरू मार्फत अन्दाजी १३ करोड बराबरको खसी बोका निकासी भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘कपुरकोट नाकाबाट निकासी हुने खसीको रेकर्ड रहन्छ । कपुरकोट बाहेक कालीमाटी र बनगाड कुपिण्डेको नाकाबाट पनि निकासी हुने हुँदा कालीमाटी र बनगाडको रेकर्ड हामीसँग रहदैन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

आ.व. २०७९/०८० मा कार्यालयको तथ्याङ्कमा ५९ करोड ५३ लाखको खसी बोका निकासी भएको थियो । विगतका वर्षहरू भन्दा गत आ.वमा खसी बोका निकासीको दर बढेको उहाँको भनाई छ । आम्दानीको राम्रो स्रोत बाख्रा पालन हुनु, विदेशबाट स्वदेश फर्किएमा कृषि पेसामा आबद्ध हुनु लगायतका कारण निकासी दर बढेको महतले बताउनु भयो ।

बाख्रा पालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले ‘एक पालिका एक पशु बस्तु’ कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको महतले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘जिल्लामा व्यावसायिक बाख्रा पालन फस्टाउँदै गएका कारण पनि खसी बोका निकासी हुने क्रम बढेको छ । प्रत्येक घरले ५ देखि १० वटासम्म बाख्रा पालन गर्दै आइरहेका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा हाल ५ लाख ६ हजार ६ सय भन्दा बढी बाख्रा रहेका छन् ।

व्यावसायिक बाख्रा पालनका लागि कृषकलाई आकर्षित गर्न बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएका पशु अस्पताल तथा पशु सेवा कार्यालयका शर्मिला बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार साना किसान र व्यावसायिक किसानलाई वर्गीकृत गरी खोर सुधार अनुदान, बजारीकरणका लागि सङ्कलन सहजीकरण, सङ्क्रामक रोगविरुद्ध निःशुल्क खोप सेवा लगायत प्राविधिक सहयोग गर्ने गरेको छ । जिल्लालाई बाख्रा पालनमा उदाहरणीय बनाउन प्रदेश र स्थानिय तहको समन्वयमा पशु सेवा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेको बुढाथोकीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यानको खसी बोका काठमाडौँ, पोखरा, धनगढी लगायतका प्रमुख सहरमा बढी माग हुन्छ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीले बढी मूल्य तिर्ने गरेको पाइएको छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad