तुलसीपुरमा दिन दहाडै एक युवा माथि सामुहिक खुकुरी प्रहार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, ३० साउन । दाङको तुलसीपुरमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । दिनदहाडै धारिलो हतियार प्रहारबाट तुलसीपुर- ५ शितलनगर टोलका ३० वर्षीय बिजय श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको दाँया हातको बुढि औंला र बाँया हातको पैति औंला काटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात आज दिउासो डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज बुधबार बिहान साढे ११ बजेतिर तुलसीपुर- ६ यातायात कार्यालय अगाडी तुलसीपुर- ९ दोघरेका अन्दाजी ४०/४५ वर्षका रामशरण वैश्य र तुलसीपुर- ५ का अन्दाजी २२/२३ वर्षका जिबि मगर लगाएत ३/४ जना ब्यक्तिहरुले अटो भाडाको बिषयलाई लिएर श्रेष्ठलाई धारिलो हतियार खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

धारिलो हतियार प्रहार गर्नेहरु फरार रहेको उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad