घोराहीमा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

दाङ, २९ बैशाख । घोराहीमा प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ का ५५ वर्षीय पति ओवीराम वलीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले ४२ वर्षीया पत्नी होटी वलीलाई पक्राउ गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आपसमा झैझगडा गर्दै आएका वली दम्पतीबीच वैशाख २६ गते राति कुटाकुट भएको र संवेदनशील अंगमा चोटका कारण गम्भीर घाइते भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

घटना शंकास्पद भएको खबरपछि गएको प्रहरीले आरोपित होटीलाई बिहीबार घरबाटै पक्राउ गरेको डिएसपी मल्लले बताउनुभयो । होटी ओवीरामकी कान्छी पत्नी भएको र उनीहरु नौ वर्षदेखि विहे गरेर सँगै बस्दै आएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad