रोल्पाका डिलबहादुरले मलेसियामा गुमाए एउटा खुट्टा

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, २९ बैशाख । रोल्पाका डिलबहादुर बाँठा ८ महिनाअघि रोजगारीको शिलशिलामा मलेसियामा जानुभयो । दैनिकी राम्रै चलेको थियो । घरमा बुवाआमालाई बिदेशबाट फर्केर विवाह गर्ने वचन दिएका उहाँले मलेसियामा राम्रै कमाउनुभएको थियो । तर शुक्रबार उहाँले काम गर्ने क्रममा मेसिनमा खुट्टा पर्दा दुई टुक्रा भएको छ ।

रुन्टीगढी गाउँपालिका-८ मगरगोरी घर भई हाल मलेसियामा काम गर्ने क्रममा बाँठाको खुट्टा मेसिनमा परेर गुमेको वडाअध्यक्ष तुलसी पुनमगरले जानकारी दिनुभयो । घाईते बुढाको साथीहरुको सहयोगमा मलेसियामै उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँ गतवर्ष असोजमा मात्रै रोजगारीको लागि मलेसियामा जानुभएको हो । २१ वर्षका डिलबहादुरका घरमा बुवा-आमा हुनुहुन्छ । रोजगारीको लागि मलेसियामा गएका बेला छोराको एउटा खुट्टा गुमेपछि परिवार चिन्तामा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad