तुलसीपुर उवासंघ निर्वाचन : ४ निविदासहित २९९० मत खस्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आगामी तीन वर्षे कालकालका लागि निर्वाचन भएको हो । तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । साँझ ७ बजेसम्म भएको मतदानमा २ हजार ९ सय ९० मत खसेको निर्वाचन अधिकृत लम्सालले जानकारी दिनुभयो ।

जसमा साधारण उद्योग वाणिज्य संघतर्फ दुई हजार ८ सय ८४, एशोसियटतर्फ १०२ र निविदामा ४ मत खसेको लम्सालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निविदा मत भनेको सम्बन्धित व्यक्तिभन्दा फरक व्यक्तिले हालेको मतलाई भनिन्छ । सम्बन्धित व्यक्ति भन्दा अन्य व्यक्तिले मत हालिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले फेरि मतदान गरिसकेपछि त्यसलाई खामबन्दी राखिन्छ, त्यो मत निर्णायक हुने अवस्थामा मात्रै गणना गरिन्छ ।

निर्वाचनको समय बेलुका ५ बजेसम्म तोकिएकोमा मतदाताहरु लाइनमा धेरै रहेको हुँदा बेलुका ७ बजेसम्म मतदान प्रक्रिया लम्ब्याइएको थियो । मतगणना लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad