घोराही-८ मा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ वैशाख । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ८ ले वडावासीका लागि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ । वडावासीलाई सामाजिक सुरक्षा भत्ता लिन वैंकमा लामो समय लाइनमा बस्नुपर्ने झन्झडबाट मुक्त गर्नका लागि यस्ता भत्ता वडा कार्यालयबाटै वितरण गरिने वडाध्यक्ष जितेन्द्र शाहले बताएका हुन् ।

‘हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै जनताको सेवामा समर्पित हुने प्रयास गर्दछौँ । घोराही १० मा रहेको कुमारी बैंकका मेनेजर सङ छलफल गरी सामाजिक सुरक्षा भत्ता आगामी महिनादेखि वडा कार्यालयबाट वितरण गरिने सम्झौता भएको छ । अबबाट बैंकमा गएर लामो समय लाईन बस्नु पर्ने समस्याको अन्त्य भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैक र वडा कार्यालयबिच भएको छलफलले वैकका कर्मचारी वडा कार्यालयमै आएर भत्ता वितरण गर्नुहन्छ । त्यसमा आवश्यक सहजीकरण वडा कार्यालयले गर्छ ।’ अध्यक्ष शाह बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad