तुलसीपुर उवासंघको निर्वाचनः व्यवसायीहरु भन्छन्- ‘यसपटक सिण्डिकेट तोडिन्छ’

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल अघि सरेका छन् । अनौठो कुरा के भने दुबै प्यानलको अध्यक्ष पदमा कांग्रसकै उम्मेदवार छन् । अध्यक्ष पदको टिकटका लागि पार्टीले न्याय गर्ने अपेक्षामा बसेको वर्तमान वरिष्ठ उपाध्यक्ष ललितजंग शाहलाई पार्टीले निराश बनाउँदै पदिय रोलक्रममा कनिष्ठ रहेका वर्तमान महासचिव विनिल केसीलाई अध्यक्ष पदका लागि अघि सार्‍यो ।

नेतृत्व पहिचानमा एमाले प्रतिवद्ध छ : केन्द्रीय सदस्य केसी

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्टी नेतृत्वबाट आफूमाथि अन्याय भएको महसुस गरेका शाहलाई यस क्षेत्रमा क्रियाशील रहेका अन्य दलहरुले तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि आवश्यक र उपयुक्त ठाने र संयुक्त प्यानलको अध्यक्ष पदमा उम्मेदवारको रुपमा अघि सारे । नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य हिराचन्द्र केसीले तुलसीपुर उद्योग वाणिज्य संघमा शाहको योगदानको कदर गर्दै संयुक्त प्यानलको अध्यक्ष पदमा अघि सारेको बताउनुभयो ।

‘वैचारिक हिसाबले उहाँ अन्य दलमा आवद्ध हुनुहोला तर २०६७ देखि २०८१ सालसम्म शाहले सदस्य, कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर संस्थाको हितमा काम गर्दै आउनुभएको छ । त्यसकारण उहाँ भन्दा उपयुक्त अन्य पात्र हुन सक्दैन भन्ने नेकपा एमालेको बुझाइ हो । जुनसुकै दलको होस् तर नेतृत्व पहिचानमा एमाले प्रतिवद्ध छ’- केन्द्रीय सदस्य केसीले भन्नुभयो- ‘यो कुरामा यस क्षेत्रमा क्रियाशील सम्पूणर् दलहरुको सहमति भएपछि शाहलाई संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि अघि बढाएका छौं । उहाँको जित निश्चित नै छ । किनभने उद्योग वाणिज्य संघजस्तो साझा संस्थालाई कुनै निहीत दलको कब्जामा रहन दिनुहुन्न भन्ने कुरामा व्यवसायीहरु एकमत हुनुहुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसपटक सिण्डिकेट तोडिन्छ :व्यवसायी वली

शाहलाई यस क्षेत्रका कांग्रेस, एमाले, माओवादीलगायत आठ दलको समर्थन छ भने अर्को प्यानलका विनिल केसीलाई फुटको संघारबाट गुज्रिएको कांग्रेसको मात्रै समर्थन छ । यसकारण पनि शाह नेतृत्वको प्यानले नै जित हात पार्ने कांग्रेस निकटकै व्यवसायीहरुको आँकलन छ । ‘वरिष्ठताको कदर नगर्ने, प्रभावमा परेर नेतृत्व अघि सार्ने, सामाजिक संस्थामा पनि दलगत प्रभाव देखाउन खोज्ने र परिवारवादको चंगुलमा फसेको कांग्रेसले यसपटक पाठ सिक्ने निश्चित छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विगतदेखि नै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि कांग्रेसले अघि सार्ने पात्रहरुको अनुहार सम्झनुस् त ! एउटा सीमित दायराभन्दा बाहिरको परिवारमा जान सकेको छ ?’- नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा लोकतान्त्रिक होटल व्यवसायी संघका जिल्ला सचिव सुशील वलीले भन्नुभयो- ‘अहिलेको महासचिव त अध्यक्ष पदका लागि उपयुक्त हुँदारहेछन् त ! उनीहरुको सबै कुरामा सहमत हुन नसकेकै कारण दुई कार्यकालअघिको महासचिवलाई कसरी पाखा लगाए थिए । त्यसकारण पनि लामो समय उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेका शाहलाई उपयुक्त पात्र ठानेर सबै दलले समर्थन गरेका हुन् र शाहले नै जित्छन् । यसपटक तुलसीपुर उद्योग वाणिज्य संघमा विगतदेखिको सिण्डिकेट तोडिन्छ ।’

जित निश्चित छ, उत्साहित छु : अध्यक्ष पदका उम्मेदवार शाह

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्योग वाणिज्य संघको नेतृत्वको अनुभव, पदिय जिम्मेवारीलगायतका विषयमा आफू अगाडि हुँदाहुँदै पनि पार्टी प्रभावमा परेर नेतृत्व सिध्याउने काम गरेको संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार शाहको आरोप छ । ‘साँच्चिकै कांग्रेस प्रभावमा नपरेरै क्षमताको आधारमा नेतृत्व स्वीकार्ने पार्टी हुन्थ्यो भने उपाध्यक्षलाई अध्यक्ष र महासचिवलाई उपाध्यक्ष पदमा टिकट दिएर पनि नेतृत्व जोगाउन सक्थ्यो । त्यसो गर्न सकेन, त्यसको क्षति कांग्रेसले नै व्यहोर्छ’- उहाँले भन्नुभयो- ‘कांग्रेसको गलत निणर्यका कारण मलाई सहज भएको छ । किनभने यो क्षेत्रका सबै दलको र मेरो विपक्षी उम्मेदवार खडा गरेको दल कांग्रेसको ठूलो हिस्साको समर्थन मलाई नै छ । त्यसकारण पनि ठूलो मतान्तरले मेरो जित निश्चित जस्तै भएको छ । असाध्यै उत्साहित छु ।’

आफू अहिले घरदैलोमा पुग्दै गर्दा अन्य दलका व्यवसायीहरुले उद्योग वाणिज्य संघको नेतृत्वका लागि सम्पूणर् दलहरु एकजुट भएर उपयुक्त पात्रको छनौट गरेको र कांग्रेस परिवारवादभन्दा बाहिर जान नसकेको भन्दै गुनासो सुनाउने गरेको शाहले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad