मलको अभाव हटाउन नेपाली कांग्रेसको ज्ञापनपत्र


तिर्थराज ज्ञवाली
दाङ,५ साउन | राप्ती गाउँपालिका नेपाली कांग्रेस पाटीले राप्ती गाउँपालिकामा मलको अभावलाई अन्त्यगरि मल सहज बनाउन ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डे जिल्ला सदस्य हरि भुसाल लगायतको टोलीले राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई तत्काल नेपाल सरकारले कृषकको आवस्यकता अनुसार मलको ब्यवस्था मिलाउन ज्ञापन पत्र बुझाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


खेतीपातीको समयमा आवस्यकता अनुसार कृषकले रासायनिक मल पाउन नसक्दा उत्पादनमा कमी आउने देखीएकोले राप्ती गाउँपालिकाको माध्यमवाट नेपाल सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाईएको बताईएको छ ।


ज्ञापन पत्र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मालाई संयुत्त रुपमा बुझाउदै मानो छरेर मुरी फलाउने समयमा मलको अभावलाई अन्त्य गरि सरल र सहज तवरले मल पाउने ब्यवस्था मिलाउन स्थानिय सरकार समेत लाग्न अनुरोध गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ज्ञापन पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आफुहरु कृषकले मल नपाउदा चिन्तीत रहेको र आवस्यकता अनुसार रासायनिक मलको उपलब्धताका लागि पहल गरिरहेको बताउनु भएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार हरेक पालीकाहरुमा नेपाल सरकारलाई दवाब पुग्ने गरि पालीका स्तरीय समितिले ज्ञापन पत्र बुुझाउने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला सदस्य हरि भुसालले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *