पहिरोका कारण घोराही-स्वर्गद्वारी सडक अवरुद्ध

दाङ, ९ भदौ । निरन्तर अविरल वर्षासँगै आएको  पहिराले गएरातिदेखि घोराही-मसिना-मर्पेस-स्युजा हुँदै स्वर्गद्वारी जाने ग्रामीण सडकखण्ड अवरुद्ध बनाएको छ। उक्त सडकअन्तर्गत बंगलाचुली गाउँपालिका वडा नंं २ स्थित खाडा निर पहिराले सडक अवरुद्ध बनाएको हो।

बंगलाचुली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मैते पुन मगर अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन। सडकमा ठुलो पहिरो र ढुंगा रहेको हुदा उक्त सडक सञ्चालनमा आउन पाँच छ दिन लाग्ने समेत बताए ।

वडा अध्यक्ष पुन अनुसार उक्त पहिरो हटाउनको लागि सडक डिभिजन कार्यालय घोराही र बंगलाचुली गाउँपालिका संग समन्वय गरिएका छौं अब छिटै हटाउने काम अगाडि समेत बताए ।