वडा कार्यालय बनाउन दुई रोपनि जग्गा दान

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, ३ असार । सल्यानमा एक जना दाताले वडा कार्यालय बनाउन दुई रोपनी जग्गा दान गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ बस्ने रातो बुढाले आफ्नो वडा कार्यालयका लागी भन्दै जग्गा दान गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

४ नम्बर वडा कार्यालयले आफ्नै भवन निर्माण गरोस् भनेर बुढाले आइतबार मालपोत कार्यालय सल्यानमा गएर कपुरकोट गाउँपालिकाको नाममा दुई रोपनी जग्गा रजिष्ट्रशन पास गरिदिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् । उनले जग्गा दान गर्ने रातो बुढालाइ धन्यवाद दिदै आप्mनै जमिन भएपछि वडा कार्यालयको भवन बनाउन सजिलो भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले कपुरकोट गाउँपालिकाको ४ नम्बर वडा कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । समाजमा केहि उदाहरणीय काम गर्नुपर्छ भन्ने इच्छा जागेर निःशुल्क जग्गा दान गरिएको रातो बुढाले बताए । भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह गर्न समस्या देखेपछि घर सल्लाहमा सडकसंगै जोडिएको जग्गा दान गरिएको रातो बुढाकी श्रीमती कल्चुले जनाइन् ।

जग्गाको खोजीमा रहेको गाउँपालिकालाइ दुई रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि अव वडा नम्बर ४ मा वडा कार्यालयको भवन संगै स्वास्थ्य संस्थाको लागी पनि भवन बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *